झुम्का:= झुम्का ब्याटमिन्टन क्लवद्धारा आयोजित रामधुनी मेयरकप प्रदेश स्तरीय ब्याटमिन्टन प्रतियोगीताको फाईनलमा मोरंङ्ग, सप्तरी र चक्रघट्टीले उपाधि उचालेका छन् । रामधुनी नगरपालिकाको पहिचान तथा राष्ट्र, स्वस्यथ्य र एकताकालागी आयोजित प्रतियोगीताको तिन छुटाट्टै समुहका फाईनलमा बिजयहुदै नगद राशी सहित सिल्ड जितेका छन् ।
पिप्राहा स्थित कबर्डहलमा भएको प्रतियोगिता अन्तर्गत समुह ए, तर्फ मोरंङ्गका भोजराज बहादुर गुरुङ्ग र दिवस संकर समुहले जित्दै फाईनलको उपाधि हात पारेका छन् । वेष्ट अफ थ्रिको सेटमा खेलेको प्रतियोगितामा मोरंङ्गले सोझो दुईसेटमा ओखलढुंगाका पेम्वा सेर्पा र हिरा राईको समुहलाई पराजित गरेका हुन् । मोरंङ्गका समुहले फाईनल खेल जित्दै प्रथम पुरस्कार नगद राशि रु ३० हजार सहित सिल्ड र प्रमाण पत्र प्राप्त गरेका छन् । ओखलढुंगाका खेलाडी समुह ए, को उपबिजेताहुदै दोस्रो पुरस्कार नगद राशि रु २० हजार सहित सिल्ड र प्रमाण पत्र जितेका छन् भने समुह ए, तर्फ रबिन सौडेन र प्रमिस श्रेष्ठको समुह तथा सबिन खनाल र पुर्ण बुढा तृतिय स्थानमा चित बुझाएका छन् । तृतिय स्थानमा आएका समुहलाई नगल राशि रु १० हजार र सिल्डले सम्मान गरेका छन् ।
समुह बि, तर्फका उपाधि सप्तरीले जितेका छन् । खेलाडी मध्ये सबै भन्दा कम उमेरका समुह सप्तरीका खेलाडीले ३३ समुहलाई पराजित गर्दै प्रथम भएका हुन् । १५ बर्षिय बिनय चौधरी र १६ बर्षिय सनिल चौधरीले उत्कृष्ट खेल खेल्दै राईजिङ्ग प्लेयरको उपाधि समेत लिएर प्रथम पुरस्कार जित्न सफल भए । बि, तर्फ प्रथम हुने सप्तरीका समुहलले नगद रु २० हजार सहित कप हात पारे । खेलाडी मध्येकै सो समुहका सबै भन्दा कम उमेरका १५ बर्षिय बिनय चौधरीलाई राईजिङ्ग प्लेयरको उपाधिले सम्मान गरेको हो । बि, समुह तर्फकै उपबिजेताहुने इटहरीका प्रजवलराई र प्रसान्तराईले नगद रु १५ हजार सहित कप जितेका छन् । तृतिय रुद्र राउत र धुब्र कार्कीको समुह तथा खेम बराल र नबिन राईहुदै नगद राशि रु ७ हजार सहित कपमा चित्त बुझाए ।
समुह सि, तर्फ भने चक्रघटीका लोचनराज न्यौपाने र केदार अधिकारीको समुह प्रथम भएका छन् । झुम्काका नारायण प्रधान र मनोज श्रेष्ठका समुहलाई पाराजित गर्दै चक्रघटीका समुहले प्रथम पुरस्कार हात पार्दै नगद रु १० हजार जितेका छन् । झुम्काका समुह उपबिजेताहुदै नगद रु ७ हजार तथा कप प्राप्त गरेका छन् । तृतिय स्थानमा बुद्धिमान लिम्बु र गजेन्द्र बुढा तथा झुम्काका दुर्गेश बिक र रमेश सुवेदी भए । तृतियहुने समुहलाई नगद रु ४ हजार तथा कपले सम्मान गरेको खेल समयोजक लेखनाथ बास्तोला(भोला)ले जानकारी दिए ।
बिजेता तथा पुरस्कृत हुने सम्पुर्णलाई नगरप्रमुख जयप्रकाश चौधरी क्लवका अध्यक्ष मिठुराज अधिकारी र खेल समयोजक लेखनाथ बास्तोलाले सम्मान गरेका थिए । प्रदेश स्तरीय प्रतियोगिताले रामधुनी नगरको पहिचानका साथै गौरव बढाएको बक्ताहरुले बताए । नगरउपप्रमुख सबिना चौधरी,वडा नं. ९ का वडाअध्यक्ष घनश्याम चौधरी, नेपाल टेकिमका लेखा अधिकृत घुरण चौधरीले खेलकुद बिकासले हुने महत्वकाबारेमा बताएका हुन् । ब्याटमिन्टन प्रतियोगितमा ३ वटै समुहगरी दुई सय समुहले भाग लिएका थिए भने ४ सय जना खेलाडी प्रत्यक्ष सहभागी भएका थिए ।