गायिका बिमला थिङ तामाङको "एला मायारी" युट्युबमा सार्वजनिक(भिडियो सहित)।

Sunday, 1 March 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

आरएन चौधरी थारु/हमार सनेश ड्टकम,,
मकवानपुर := मकवानपुर जिल्ला गढी गाउँपालिका आम भञ्ज्याङमा जन्मिएकी बिमला थिङ तामाङ यतिबेला गितसंगीतको क्षेत्रमा जम्नको लागी संघर्षरत तामाङ समुदायकी प्रतिभाशाली युवती हुन।



अस्थायी बसाई मनहरी गाउँपालिकामा रहेकी उनको
रुचि स्यानैदेखी गीतसंगीत,गायनमै रहेको थियो, गायन संगसंगै नाच्नमा पनि सिपालु मानिन्छन बिमला ।
तामाङ सेलो गितको क्षेत्रकि वरिष्ठ गायिका इन्दिरा गोलेबाट प्रेरित भैई गितसंगीत बारे सिक्दासिक्दै,ज्ञान लिदालिदै बिगत एक बर्ष देखि गायन क्षेत्रमा लागेकी उनले पहिलो तामाङ सेलो एल्बम "ताम्बाको छोरी" बजारमा ल्याएकी थिईन भने अहिले सम्म उनले डेड दर्जन जति तामाङ भाषाकै गीत रेकर्ड गराउन सफल भएकी छिन ।


केही महिना अगाडी मात्रै मलेसियामा सम्पन्न भएको सोनाम ल्होछारमा समेत सहभागी भएर आफ्नो प्रस्तुति,प्रतिभा पस्केर  ल्होछार कार्यक्रममा उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए बिमलाले ।
मलेसिया आएर स्वदेश फर्के लगतै बढेको उनको ब्यस्तताकै क्रममा अहिले पुनः नयाँ तामाङ भाषाको लभ सिरिज गित युट्युबमा रिलिज गरिइएको छ ।

गायक प्रकाश तामाङ र बिमलाकै सुमधुर स्वरमा सजिएको "एला मायारी" बोलको गित यतिबेला युट्युबमा सार्वजनिक भएका हुन। प्रकाश तामाङकै शब्दसंगीत रहेको यस् गितलाई चान्द सिंहले ब्यवस्थापन गरेका हुन भने दिपेश प्रधानले मिक्सिङ गरेका हुन।
तामाङ भाषाको दर्जन भन्दा बढी गित निकालीसकेपछी अब  नेपाली भाषामै गित गाउने र गितसंगीतको क्षेत्रमा अगाडी बढ्न अझै मेहनत गर्ने बिमलाले सञ्चारकर्मी आरएन चौधरी थारु संगको टेलिफोन बार्तामा बताईन ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu