कपिलवस्तुमा हुलाकी मार्ग निर्माण साधन माथी अज्ञात समुहले लगाए आगो।

Saturday, 7 March 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
कपिलवस्तु:= कपिलवस्तुमा हुलाकी मार्ग निर्माण साधन माथि अज्ञात समूहद्धारा आगजानी भएको छ । शिवराज नगरपालिका–९ तुरुन्तपुरमा १ वटा स्काभेटर र बिजयनगर गाउँपालिका–२ लोहोरौलामा २ वटा जेसिवि, १ वटा स्काभेटर, २ वटा बोलेरो जिपमा गरि ६ वटा साधनमा आगजनी भएको हो । 

बुधवार राती करिब पौने १ बजे भएको घटनामा ना १ क ९०६९,बा २ क ८७२९ नम्बरको जेसिवि,  बा १९ च ६६४७, बा  १६च५२५० नम्वरको बोलोरो जिप र से १ क ७०,बा २ क १४७३ नम्बरको स्काभेटर जलेको हो ।
आगजानि भएका उक्त सामाग्री हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीको रहेको छ । हुलाकी मार्ग निर्माण प्रयोग गरिएका निर्माण साधन माथी अज्ञात समूह द्धारा आगजनी भएको प्रहरीले जनाएको छ । आगलागीबाट जेसिभि, स्काभेटर र स्कारपियो पूर्ण क्षति भएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जनााए । 

घटना स्थलमा इलाका प्रहरी कार्यालय गणेशपुर र खडैचा प्रहरी चौकीको प्रहरी पुगेको बताइएको छ ।
आगो किन र कसले लगाएको भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी सुनिल मल्लले जानकारी दिए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu