नेपाल् मगरसंघ क्षेत्रीय समिती पेनाङको ८ औं अधिबेशनबाट अध्यक्षमा देवान बुढा मगर निर्बिरोध निर्वाचित।

Monday, 2 March 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
क्वालालम्पुर ( मलेसिया ):= नेपाल मगर संघ मलेसिया क्षेत्रीय समिति पेनाङको ८ औं अधिबेशन तथा ३८ औं मगर दिवस कार्यक्रम आईतवार पेनाङ स्थित सनवेय(sunway hotel) मा भब्य सभ्य रुपमा सम्पन्न भएको छ।

श्रवण लुङ्गेली मगर को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ मलेसियाको केन्द्रिय अध्यक्ष पुस्मिता ठाडा मगर र विशेष अतिथि केशु थापा, प्रवासी थारु सेवा समाज पेनाङ लगायत विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
त्यस्तै नेपाल मगर संघ मलेसिया क्षेत्रीय समिति पेनाङको ८ औं अधिबेशनबाट अध्यक्षमा निर्विरोध देवान बुढा मगर निर्वाचित भएका छन्। २३ सदस्यीय उक्त समितिको उपाध्यक्षमा श्रवण लुङ्गेली मगर, महिला उपाध्यक्षमा इन्दिरा राना मगर सचिबमा समीर लुङ्गेली मगर सहसचिबमा बुद्द मगर र कोषाध्यक्षमा भिमा पुलामी मगर चयन भएका हुन ।
त्यस्तै सदस्यहरुमा जगदिश क्याप्छ्याकी मगर, निशान ल्हायो मगर, राधा मगर, रुपा जर्गा मगर, रोहित मगर, गगन राना मगर, निशु थापा मगर, गायत्री मगर, तिलु पुलामी मगर, गुणबिर समाइ मगर, किसन पुलामी मगर, समीर थापा मगर र सबिना बुढा मगर निर्वाचित भएको उपाध्यक्ष श्रवण लुङ्गेली मगरले बताउनु भयो।

त्यसैगरी समितिको सल्लाहकारमा चन्द्र मगर, बिरस पुन, गोकुल मगर, ओकिल मगर र बिन पुन मगर रहेको बताए । उनका अनुसार युबराज ठाडा मगर संरक्षक रहनेछन् भने सुचना तथा प्रचार बिभाग प्रमुखमा देब पुलामी मगर रहेका छन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu