थरुहट/थारुवान राष्ट्रिय मोर्चाले फागुन २० र २१ गते सशक्त आमहड्ताल गर्ने।

Sunday, 1 March 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कैलारी अनलाईन,,


कैलाली:= थरुहट–थारुवान राष्ट्रिय मोर्चाले यहि फागुन २० र २१ गते सशक्त आमहड्ताल घोषणा गरेको छ ।सरकारसंग १४ बँुदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिई माग मुद्धा पुरा गराउनका लागि दोस्रो चरणको कार्यक्रम अन्र्तगत २० र २१ गते दुइ दिन शान्तिपूर्ण सशक्त आम हड्तालको कार्यक्रम घोषणा गरेको हो ।

मोर्चाका केन्द्रिय संयोजन समितिका महासचिव तुलसी थारुद्वारा हस्ताक्षरित पत्रमा आमहड्तालको क्रममा कलकारखाना, उद्योग धन्दा, व्यापार, व्यवसाय, शिक्षण संस्था लगायत सवारी तथा धुवानीका सबै यातायातका साधन पूर्णतया बन्द रहने जनाएको छ । आमहड्ताललाई नजर अन्दाज गरि सवारी साधन चलाए वा खुलाएमा उत्पन्न हुने सबै परिस्थितिको सम्पूूर्ण जिम्मेवारी नेपाल सरकार र स्वयं रहने पनि मोर्चाले जनाएको छ ।


तर आम हड्तालको समयावधिमा अत्यावश्यक सवारी साधनहरु, दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दुध बोक्ने, औषधीजन्य, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु निर्वाधरुपमा सञ्चालन हुन पाउने जनाएको छ ।
मोर्चाले नेता रेसम चौधरीसहित ११ जना जेलबन्दी, टीकापुर घटनाबारे सत्य तथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरीशचन्द्र लाल नेतृत्वका न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने लगायत १४ बुँदे माग राख्दै मोर्चा आन्दोलनरत रहेको छ ।

आन्दोलनमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान सङ्घर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघसंस्था ऐक्यबद्धता जनाएका छन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu