उद्घाटन खेलमा ०-२ गोलको विरुद्ध बारा ११ ले गरे सानदार जित हासिल।

Monday, 2 March 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
(बारा सम्बादाता)
कोल्हबी(बारा) := बाराको कोल्हबी नगरपालिकामा अवस्थित जनशक्ति क्लब कोल्हबी,समाज बिकास युवा क्लब कुमरगढी,सनसाइन युवा क्लब प्रसौना र श्री सिर्सागढीमाइ युवा क्लब अधनवाको आयोजनामा कुमरगढी खेल मैदानमा जारी तेस्रो कोल्हबी गोल्ड कपको पहिलो दिन बारा ११ र शैलेश युवा क्लब लहान १२ सिरहा  बिच भिडन्त भएको उद्घाटन खेलमा ०-२ गोलको विरुद्ध बारा ११ ले सानदार जिल हासिल गरेको छ।  
बारा ११ का जर्सी न.१४ का कृपा चौधरीले खेलको पहिलो हाल्फको २ मिनेट जादै पहिलो गोल गरेका थिए भने जर्सी न.१० का बिबेक चौधरीले खेलको दोस्रो हाल्फको ९९ मिनेट जादै दोश्रो गोल थपी आफ्नो टिमलाई बिजय घोषित गराएको छ। बारा ११का जर्सी न.१० का बिबेक चौधरीलाई ट्रफी प्रदान गरि खेलको म्यान अफ दि म्याच घोषित गरिएको हो।

अनुमानित २१ लाख ९० हजारको लागतमा भइरहेको तेश्रो कोल्हबी गोल्ड कपमा हर्दी समाज चितवन,मुन्डियाल युवा क्लब हेटौंडा मकवानपुर,बागमती ११ सर्लाही,,बैङ्खारी एकेडेमी महोत्तरी,गोल्डेन स्टार दुहबी सुनसरी,साथै आयोजक टिम गरि अझै ६ वटा टिमहरुको सहभागी रहने र साथै सोमबारको दिन आयोजक टिम र बागमती ११ बिच प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख नगद र सिल,मेडल तथा प्रमाणपत्र  प्राप्त गर्ने भएको छ।
१८ गते आइतबार देखि सुरु भएको खेल २५ गते आइतबार सम्म रहने र उप्त खेलमा महिलाहरुको लागि निसुल्क खेल हेर्न दिइने व्यवस्था मिलाइएको आयोजक समितीले जानकारी दिए।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu