थरुह्ट-थारुवान राष्ट्रिय मोर्चाले गरे तराई बन्द/माग पुरा नभए अझ सशक्त आन्दोलन गर्ने।

Tuesday, 3 March 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
थारुहट–थारुवान राष्ट्रिय मोर्चाले सशक्त संघर्षका कार्यक्रम सार्वजनिक गर्दै आज मंगलबार र भोली बुधबार  फागुन २०,२१ गते नेपालको तराई बन्द गरेको छ।

मोर्चाले एक विज्ञप्ति जारी गर्दै फागुन २० र २१ गते सशक्त आम हड्तालको घोषणा गरेको हो । उक्त दिन कलकारखाना, उद्योगधन्दा, ब्यापार ब्यवसाय, शिक्षण संस्था लगायत सवारीसाधन तथा ढुवानीका सबै यातायात ठप्प बनाउँने मोर्चाले घोषणा गरेको छ । सम्बन्धित क्षेत्रलाई पत्र नै पठाएर उक्त दिन बन्द गरिदिन मोर्चाले आग्रह गरिसकेको मोर्चाका केन्द्रिय संयोजक लक्ष्मण थारुले बताउनु भयो ।
यो आम हड्ताललाई शसक्त बनाउन मोर्चाले जनमानसमा हार्दिक अपिल समेत गरेको छ । आदीबासी थारु, थरुहट विरोधी संविधानका विभेदकारी धाराहरुको संशोधन, बजेट थारु मैत्रि हुनु पर्ने, सरकारसँग परिणामुखी बार्ता गरेर आफूहरुको माग पुरा गराउने, संघर्ष समितिका संयोजक धनिराम चौधरीसहित ११८ जनामाथि लगाईएको मुद्दा निसर्त खारेज गर्नु पर्ने लगायतका माग राख्दै आएका छन् ।
                     ( तराईमा बन्दको प्रभाव )                   
२०७२ साल भदौ ७,८ गते कैलालीको टिकापुरमा भएको घटनालाई राजनीतिक रूपमा सम्बोधन गर्नुपर्ने मोर्चाको मुख्य माग छ । मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले विनाकारण थुनामा रहेका प्रतिनिधि सभाका सदस्य रेशमलाल चौधरीसहितका कैदीबन्दी व्यक्तिलाई तत्काल थुना मुक्त गरेर संविधानको सम्मान गर्नसमेत सरकारलाई आग्रह गरेका छन् । टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ। 
आन्दोलनमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन्।
यता आमहडताल र बन्दको पुर्व सँन्ध्यमा सोमबार साझ मोर्चाद्वारा तराईका कैलाली,कञ्चनपुर देखि लिएर झापा जिल्लासम्म निकालिएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरि आन्दोलनकर्मी सञ्जय राना लगायतको आन्दोलनकर्मीहरुलाई पक्राउ गरेका छ्न ।

प्रहरीले आन्दोलनकर्मीलाई पक्राउ गरेको प्रती घोर भत्सर्ना गर्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले प्रेस बिज्ञप्ति जारी गरेका छ्न।
बिज्ञप्तिमा लेखिएको छ , अधिकार र न्यायकालागी शान्तिपूर्ण मसालजुलुस प्रदर्शन गर्ने क्रममा कञ्चनपुरको सिसैयामा प्रहरी प्रशासनले आन्दोलनकर्मी उपर निर्मम दमन गरेको छ । मसालजुलुस प्रदर्शन सम्पन्न भए पश्चात् उनकै निवासबाट बिनाकारण गिरफ्तार गरि निर्घात कुटपिट गर्दै जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको कार्यप्रती मोर्चाको गम्भीर ध्यानाकर्षण भएको जनाएका छ्न । हिरासतमा राखिएकोलाई तुरुन्त रिहाई गर्न मोर्चाले माग गरेको छ । 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu