कपिलवस्तु:= कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा रहेको जिनत अटो मोटिभसमा बजाज कम्पनीको नयाँ ब्राण्डेड मोटरसाईकल बिहिबार लञ्चिङ भएको छ । नेपालमा सर्वाधिक बिक्री हुने बजाज कम्पनीको नयाँ मोडल प्लसर १२५ सिसी मोटरसाईकल अब भने चन्द्रौटामै उपलब्ध हुने भएको हो ।
बजारमा भर्खरै आएको मोटरसाइकलको बारेमा जिनत अटो मोटिभसका प्रोप्राइटर फरहान इक्वालले प्रकाश पार्दै मोटरसाइकल १२५ सिसि डि टि एस आई इन्जिन भएको, डिजिटल मिटर नाइटेस सन्स्पेन्सन, डि सी इग्निशन स्टिम बिग डायामिटर फ्रन्ट र्फोक लगायत अन्य आकर्षक रङ्गहरुमा पाइने एवम् धेरै विशेषताहरुले सुनिश्चित रहेको उनले बताए ।
प्रोप्राइटर इक्वालले भने यस बाइकले ग्राहक तथा प्रयोगकर्तालाई नयाँ जोस जागर तथा नयाँ अनुभुति प्रदान गर्ने अपेक्षा रहेको बताउँदै नयाँ ब्रान्डेड मोटरसाईकल खरिद गर्दा विभिन्न प्रकारबाट छुट तथा आकर्षक उपहारको समेत व्यवस्था साथै यसको मुल्य अहिले २ लाख २४ हजार ९०० कायम गरिएको इक्वालले बताए ।
यस्तै बजारमा भरखरै आएको नयाँ मोडल प्लसर १२५ सिसीको मोटरसाइकल प्रदर्शन गरेर व्यापार सघं कपिलवस्तुका अध्यक्ष महादेव पोख्ररेलले उत्घाटन गर्दै यस मोटरसाईकल खरिद चढ्ने हरेक ग्रहकहरु सन्तुष्ट भइ अरामदायी र सहयात्रीको सार्थीका लागि अति नै उपयोगी हुने अध्यक्ष पोख्रेलले जनाए ।
उक्त कार्यक्रममा व्यापार सघं कपिलवस्तुका अध्यक्ष महादेव पोख्ररेलको प्रमुख आतिथ्यता, जिनत अटो मोटिभ सोरुमका कर्मचारी, व्यापारी, सचारकर्मी, विभिन्न सघं सस्थाका प्रमुख एवम् प्रतिनिधी, शिक्षक लगायतको सहभागीता एवम् साही सोरुमका म्यानेजर सन्तोष चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
