बारा := बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ११ बेलवा सेर्ही टोल निबासी अन्दाजै ४५ बर्षको वाजिल राय भाट्टको मृत अवस्थामा शव फेला परेको छ ।
उक्त पुल मुनि मृतकको शरीर माथी उनकै ना.५५ प ४६७८ नम्बरको अपाचि मोटरसाइकलले च्यापिएको अवस्थामा शुक्रबार फेला परेको ईलाका प्रहरी कार्यालय कोल्हबीले जानकारी गराउनु भयो ।
प्रहरी निरीक्षक बालिस्टर सिंहको कमान्डमा १० जनाको टोली घटना स्थलमा गइ घटना स्थल लास जाँच प्रकृति मुचुल्का तथा अनुसन्धानमा मृतकको लास निकाली हेर्दा दुबै हाथको नाडी जुटको डोरि अर्थात सुतरी र हरियो गहुँको झारले बाधेको अवस्थामा भेटिएको थियो। घटना बारे अनुसन्धान गर्न जटिल भएकोले बारा जिल्ला स्वास्थयका फोरेन्सिक ल्याबका टिमलाई पनि बोलाइएको थियो।
सो मृतकको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल कलैयामा पठाइएको छ्न । घटनाको प्रकृति हेर्दा शंकाष्पद तरिकाले योजनाबद्ध तरीकाले हत्या गरिएको र यसबारे थप अनुसन्धान गर्ने जिल्ला प्रहरी बाराका नायब उपरीक्षक तथा प्रबक्ता गौतम मिश्रले जानकारी बताउनु भयो ।
