नेपालको संविधान अनुसार संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गर्दै सरकारको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले कोभिड– १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरेको निर्णय गरेको हो ।
लकडाउन समयावधि भरी के–के गर्न मिल्दैन त ?
१. औषधि उपचार, खाद्य वस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन मिल्दैन।
२. अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधन सञ्चालन गर्न पाइँदैन ।
३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरुबाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द हुन्छन् ।
४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत्, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुन पाउँछन् । अन्य कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखले बिदा दिनुपर्नेछ ।
५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलाकारहरुमा काम गर्ने श्रमिक कर्मचारीहरुलाई सम्बन्धित कर्मचारीलाई बिदा दिने व्यवस्था मिलाउनुपर्छ ।
६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । तर अभाव देखाई मूल्य वृद्धि गर्ने वा कालाबजारी, जम्माखोली गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई नियन्त्रणमा लिदने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गरिन्छ ।
७. संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी उक्त आदेशको कार्यान्वयन प्रमुख जिल्ला अधिकारीले गर्ने । स्थानीय प्रशासन ऐन, २०२८ को पनि उपयोग गरिन्छ ।
८. ७. संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई ऐन बमोजिम सयाय हुन्छ ।
[ नोट : नेपाल सरकारको बैठकबाट निर्णयमा आधारित लकडाउनको नियमहरु उल्लेख गरिएको हो ]
