काठमाडौंमा खाद्यान्न अभावको समस्यामा परेका मजदुर,बिद्यार्थीलाई थारु युवाद्वारा खाद्यान्न सहयोग।

Monday, 13 April 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
[ हमार सनेश ड्टकम/आरएन चौधरी थारु ]
अहिले विश्व कोरानोभाइरस(कोभिड -१९) संक्रमणको  अवस्थाबाट गुज्रिरेहेको छ । नेपाल सरकारले नेपाली जनताको सुरक्षालाई मध्यनजर गरि अहिले  लकडाउन गरेको छ । 

लामोसमयदेखि लागु लकडाउनले गर्दा काठमाडौं उपत्यकामा नेपालीभरिका विभिन्न जिल्लाबाट आएर रोजगारी,शिक्षा आदिइत्यादिको क्षेत्रमा कार्यरत मजदुर बिपन्न विद्यार्थीहरुलाई खानबस्न एकदमै समस्या भएको खाद्यान्न अभाव झेलीरहेको नागरिकहरुलाई विभिन्न संघसंस्थाहरु बर्दियाली थारु विकास मञ्च काठमाडौं , चम्पन सास्कृतिक समुह काठमाडौं , राष्ट्रिय थारु कलाकार मंच काठमाडौं , निसराउ वचत समूह काठमाडौं , थारु युवा परिवार काठमाडौं , सर्वहित समाज नेपाल काठमाडौं , अल्पाइन एकेडेमी राजापुर ५ बर्दिया, परिवार गर्ल्स होस्टेल सुबिधानगर काठमाडौं लगायत समाजसेवी ब्यक्तित्वहरुको संयुक्त सहयोग सहकार्यमा नि:शुल्क खाद्यान्न बितरण अभियान सञ्चालन गरि सहयोग गरिरहेका छ्न ।

अहिलेसम्म काठमाडौं उपत्यकामा बस्ने ३३९ जना मजदुर  र विद्यार्थीहरु सम्पर्कमा आइसकेको र अझ आउने क्रम जारी रहेको खाद्यान्न सहयोग अभियानका सदस्य समाजिक अभियान्ता,युवा नेता सिताराम थारुले जानकारी गराउनुभयो । यी पिडितहरुलाइ हामीले ३ वटा तह (High risk, Medium risk र Low risk) मा बिभाजन  गरि प्राथमिकता र आवस्यकताको आधारमा सहयोगको सुरुवात गरेका छौँ । अहिलेसम्म ३१० जना भन्दा माथि मजदुर र विद्यार्थीहरुलाई  खाद्यान्न सामाग्री दाल, चामल , नुन , र खाने तेल उपलब्ध गराइ सहयोग गरिसकेको र अन्य लाई सहयोग गर्ने क्रम जारीरहेको अभियान्ता सिताराम थारुले बताए । 

सिताराम थारुले बोल्दै भने कि " यो बिपतको बेलामा मानवीय सहयोग गर्ने साथीहरूलाई हामी विशेष धन्यवाद दिन चाहन्छौ र अझ थप साथीहरूलाई सहयोगको हात अगाडी बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं " उनले भने।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu