कपिलवस्तु:= कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ ले वडामा रहेका अति विपन्न परिवारलाई दोस्रो चरणको राहत वितरण गर्ने तयारीका लागि सर्वदलीय बैठक सम्पन्न गरेको छ।
दैनिक मजदुरी गरि गुजारा चलाउने विपन्न घर परिवारलाई लकडाउनको समयमा छाक तार्न गाह्रो भएकोले राहत वितरण गर्ने तयारी भइरहेको वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनुभयो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले वडा वासीहरुको समस्यालाई मध्यनजर गरि राहत वितरण गर्ने तयारीका लागि बिहिबार खरेन्द्रपरमा सर्वदलीय कार्यक्रम गरि अध्यक्ष सापकोटाले सबैले सहाकार्य गरि अगाडी बढ्नुपर्ने बताउनुभयो ।
पहिलो चरणमा वडामा रहेकको २ सय विपन्न घर परिवारलाई गत चैत्र २४ गते नै राहत वितरण गरिएको थियो । भने अहिले दास्रो चरणमा करिब ३ सय घरपरिवारलाई राहत वितरण गर्ने तयारी भइरहेको साथै वितरण गर्ने सामाग्रीमा चामल, दाल, नुन र खाने तेल रहेको बताईएको छ ।
टेकलाल सापकोटाको संयोजकतत्वमा भएको कार्यक्रममा समाजसेवी, युवा, शिक्षक, अगुवा, संघ संस्थाका प्रतिनिधी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।