क्वालालम्पुर ( मलेसिया ):= अहिले बिश्वब्यापी माहामारीको रुप लिएर फैलिरहेको कोरोना भाइरसको संक्रमणले मलेसियामा पनि ९५ जनाको मृत्यु भएको र ५ हजार ६ सय ३ जना संक्रमित फेला परेका छ्न
सरकारले गएको महिना मार्च १८ तारिखदेखि नै कोरोनालाई मलेसियामा नियन्त्रण गर्न , अन्य मानिसमा फैलिन नदिन मोभमेन्ट कन्ट्रोल अर्डर ( आवागमन नियन्त्रण आदेश , लकडाउन ) जारी गरेको छ्न ।
दोस्रो चरणको लकडाउन अवधी अप्रिल १४ र तेस्रो चरणको लकडाउन अवधी अप्रिल २८ तारिखसम्मको लागी तोकिएको थियो ।
तर मलेसियामा मोभमेन्ट कन्ट्रोल अर्डरको अवधी दुई हप्ता पुनः थपगरि चौथो पटक बढाउने निर्णय गरेकाछ्न । आज २३ तारिख बिहिवार स्थानीय समयअनुसार साझ ०८:०० बजे मलेसियाको प्रधानमन्त्री मुहमदिन यासिनले टेलिभिजनमार्फत जनताको नाममा सम्बोधन गर्दै मोभमेन्ट कन्ट्रोल अर्डर ( एमसिओ ) दुई हप्ता बढाएर आगामी महिना मेयई (May) १२ तारिख सम्मको लागी थप गरेको बताएका छ्न ।
कोरोना भाइरसले ज्यान जानेको संख्या दिनानुदिन बढ्दै गरेको मलेसियाको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउछ।तर पछिल्लो समय एमसिओ लागू भएदेखि कोरोनालाई नियन्त्रण गर्न सहज भएको बताइएको छ। अहिलेसम्म कोरोना संक्रमित ३ हजार ५ सय ४२ जना निको भएर सकुशल घर फर्किसकेको छ्। कोरोनालाई नियन्त्रण गर्ने एकमात्रै विकल्प लकडाउन भएकोले यस् अवधीलाई पुनः लम्ब्याइएको प्रधानमन्त्रीले सम्बोधन गर्दै बताउनु भयो ।
साथै प्रधानमन्त्री यासिनले मुश्लिम समुदायको महानपर्व रामदान ( पोसा ) को अवसरमा सम्पुर्णमा सु:स्वास्थ्यको कामना गर्दै शुभकामना व्यक्त गरे।
अहिलेसम्म कोरोनाको संक्रमण मलेसियामा रहेका ३ जना नेपालीमा देखिएको छ।