मलेसियामा कार्यरत नेपाली ब्यवसायी बुद्धिमान खापुङ(लिम्बु)को मृत्यु/शव नेपाल् ल्याउन समस्या।

Tuesday 5 May 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कार्यरत तेह्रथुम जिल्ला निवासी नेपाली बुद्धिमान खापुङको मृत्यु भएको छ। 
बिगत १२ बर्षदेखी मलेसियाको जोहोरबारु राज्यमा मासाई भन्ने ठाउँ नजिकै पान्डानमा बसेर ब्यापार,ब्यवसाय गर्दै आइरहनु भएका नेपाली रेष्टुरेन्ट ब्यवसायी बुद्धिमान खापुङ ( जोन ) को सोमबार राती अच्चानक मृत्यु भएको अर्का नेपाली ब्यवसायी राजेन्द्र खापुङले बताउनुभयो।

राजेन्द्रले बताए अनुसार बुद्धिमान मलेसिया आएको लगभग २४ बर्ष भयो , पहिला श्रमिकनै रहनु भएका उहाँ पछिल्लो समय ब्यापार , ब्यवसाय गर्दै आईरहनु भएको थियो। साथै बिगत कैयौं बर्षदेखी बिरामी रहनु भएको कुरा खुलाए , उनले भने " बुद्धिमान बिगतका बर्षदेखीनै पायल्स,चिनी,मुटु रोग लगायतबाट थुप्रै रोगहरुबाट ग्रसित हुनुहुन्थ्यो , हामी उहाँलाई केही महिनाअगाडिनै उपचार गराउनको लागी नेपाल पठाउने तयारी गरिरहेका थियौं तर अच्चानक कोरोना भाइरसले गर्दा मलेसियामा एमसिओ र नेपालमा लकडाउन लाग्यो त्यसैले नेपाल फर्काउन पाइएन , रोगले ग्रसित उहाँको हिजोराती मृत्यु भएकोमा एकदमै दु:ख लागेको सुनाए।

मृतक बुद्धिमान खापुङ यतिबेला अबैधानिक हैसियतमा रहनु भएकोले मृत शवको पोष्टमार्टम गर्न केहि अप्ठ्यारो भएको तर पुलिस रिपोर्ट बनाईसकिएर मृतकको परिवारको सल्लाह अनुसार , कानुनी प्रक्रिया पूरा गरेर यतै मलेसियामै अन्तिम दाहसंस्कार गर्ने कि शवलाई नेपाल पठाउने भन्ने बारे पारिवारिक छलफल भैइरहेको बताइएको छ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न अहिले मलेसियामा जारी एमसिओ र नेपालमा जारी लकडाउनको कारण हवाईयात्रा पुर्ण रुपमा बन्द रहेकोले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कैयौं नेपाली श्रमिकहरुको मृत शव बिदेशमै अलपत्र अवस्थामा रहेका छ्न।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu