मलेसियामा कार्यरत ९ जना नेपाली सेक्युरिटी गार्डमा कोरोना भाइरस पुष्टि।

Friday 8 May 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना संक्रमितको संख्या दिनानुदिन कम हुँदै गैईरहेको अवस्थामा बिहिवार क्वालालम्पुर चेरासमा अवस्थित एक सपिङ मलमा कार्यरत ९ जना नेपाली सुरक्षागार्ड ( security guard ) मा कोरोना संक्रमण फेला परेको छ।

मलेसियन स्वास्थ्य मन्त्रालयले एक सुचना सार्वजनिक गर्दै नेपाली सेक्युरिटीमा कोरोना देखिएको खुलासा गरेकाछ्न । 
अहिले ति सेक्युरिटीगार्डहरुको सम्पर्कमा रहेका सम्पुर्ण मानिसहरुलाई चेकजाँच गरिदै गरेको जनाइएको छ ।
कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा मलेसियामा कार्यरत लगभग ५ लाख नेपाली कामदार प्रभावित हुने खतरा बढी छ्न भने त्यसमध्य सेक्युरिटी गार्डमा कार्यरत नेपाली श्रमिकहरु उच्च सुरक्षा जोखिममा काम गर्न बाध्य रहेका छ्न।

यो समाचार तयार पार्दासम्म कोरोनाले मलेसियामा १०७ जनाको मृत्यु भैसकेको छ्न भने ६४६७ जनामा कोरोनाको संक्रमण देखिएको मध्य लगभग ४७६७ जना उपचार सकिएर निको भैइ सकेकाछ्न । बाकी १५८४ जना अहिले उपचाररत रहेको जनाइएको छ।
यहाँ कार्यरत जम्मा २० जना नेपालीमा कोरोना संक्रमण देखिएको मध्य ३ जना निको भैईसकेको र बाकी उपचाररत रहेको बताइएको छन भने अहिलेसम्म कुनै नेपालीको मृत्यु भएको छैन ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu