साहित्य | कविता | भाग्यमानि - बिष्नु कुसुम

Wednesday, 3 August 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कविता  (भाग्यमानि )

कहाँ बाट के नाता पर्दो रहेछ जिवनमा
को सङग कस्तो व्यवहार गर्नु पर्दोरहेछ जिवनमा
कैयौ बाधा सङगै झेल्दै 
कैयो ढुङगा सङग ठोक्किदै हिड्नु पर्ने
हो म त्यहि भाग्यमानि हु
तिमिले कति सजिलै भन्न सक्ने भाग्यमानि 
दुखको सागरमा दुब्दै 
बल्ल टल्ल जिउन सक्ने भाग्यमानि ......

मीठो छ रे बोलिचालि
असल छरे व्यवहार पनि
जाहा पनि सफल हुन्छौ 
तिमिलाइ के थाहा 
म कैयौ हार र हन्डरमा हास्दै रमाएकि छु
तिमी लाई के थाहा म कसैलाइ रुवाएर 
आफू भने शिखर चढ्न खोजेकि छु 
सोच्दछु जिन्दगि त उसैको हो
जस्ले पीडा सङग पनि नाचिरहोस 
मरेर पनि बाचिरहो 
अझ भनु घृणा मा उत्सब मनाओस 
म त उहीँ हु 
तिम्रा सपना सङग मेरा टुहुरा 
लुला लङगडा सपना 
जोड्न चाहने भाग्यमानि 
सधै तिम्रो जितमा आफु हास्न सक्ने भाग्यमानि 
म त यसै भाग्यमानि .......

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu