चम्पन सांस्कृतिक समुहको ब्यानरमा निर्मित पहिलो प्रस्तुति थारु कथानक चलचित्र "भौंरा" को सम्पादन लगायत सम्पुर्ण कार्य समाप्त भएर प्रदर्शनको तयारीमा रहेकोछ। निर्माता नन्दुराज चौधरीका अनुसार चलचित्रलाई अशोज महिना भित्र राजधानी लगायत देशका बिभिन्न हलहरुमा दर्शकहरुले हेर्न पाउनुहुनेछ।
समाजिक पृष्ठभुमिमा आधारित चलचित्रमा सोनु थारु , हरि चौधरी , अन्जु चौधरी ,रोशन रत्गैयां , राज कुश्मी, निरज चौधरी रेशमी चौधरी लगायतका कलाकारहरु अभिनय गरेकाछन। चलचित्रमा पाँच वटा गीत समाबेश गरिएकोछ जसमा दीपक चौधरी , दीपक चौधरी ´दीप` र हरि वाग्लेले कोरियोग्राफ गरेकाछन। नन्दु राज चौधरीको निर्माण, कृष्ण चौधरीको निर्देशन रहेको चलचित्रलाई श्रीनारायण चौधरीले लेखेका हुन।