सु स्वागतम चितवानमा सम्पूर्ण थारु पत्रकार मित्रहरु लाई

Friday, 9 September 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

चितवन, भदौ २४ गते । थारु पत्रकारहरुको छाता संगठन थारु पत्रकार संघ नेपालको पाँचौ राष्ट्रिय भेला चित्तवनको पर्यटकीय नगरी सौराहमा शनिबार शुरु हुँदैछ । भेलाको तयारी पूरा भएको स्थानीय आयोजकले बताएको छ ।

‘‘थारु समुदायको मुद्दा उठान, थारु पत्रकार संघको अभियान, सबै मिली जोगाऔं, थारुहरुको पहिचान’’ मुख्य नारा सहितको राष्ट्रिय भेला शुरुहुन गइरहेको संघ केन्द्रले जनाएको छ ।

भेलामा थारु पत्रकारको सशक्तिकरण, संघको विधान संशोधन गरी संघलाई महासंघमा लग्ने विषयमा छलफल, नयाँ संविधानमा थारुमुद्दा र थारु समुदायको एकताको पहल, संघको विस्तार, नेपाल पत्रकार महासंघमा थारु पत्रकारको सहभागिता, संघको भावी कार्ययोजनाका विषयमा गम्भीर छलफल हुने आयोजकले बताएको छ ।भेलामा पश्चिमको कञ्चनपुर देखि पूर्वका बारा पर्सासम्मको पत्रकारको सहभागिता रहने छ । संघमा उपत्यकासहित कञ्चनपुर, कैलाली, वर्दिया, बाँके, दाङ, कपिलवस्तु, नवलपरासी, रुपन्देही, चित्तवन, बारा–पर्सा–रौतहटका गरी करिब दुईसय पत्रकार आवद्ध छन् ।

भेलाको उद्घाटनसत्र जंगल सफारी लजको सेमिनार हलमा हुने बताइएको छ । जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेले हालसालै “मौनता” नामक कृति प्रकाशन गर्नुभएको छ । उहाँले थारु पत्रकार संघको राष्ट्रिय भेला हुन लागेको खबरले खुशी हुँदै सेमिनार हल सौजन्य उपलब्ध गराइ दिने बताउनु भयो ।

भेलाका प्रतिनिध तथा पर्यवेक्षकहरु २४ गते नै चितवन सौराहा आइपुग्दै छन् । सौराहामा होटल स्वस्तिक लजमा आवास र खानाको व्यवस्था मिलाइएको स्थानीय व्यवस्थापकले बताएको छ । होटल स्वस्तिकका सञ्चालक सुरेन्द्र चौधरीले कार्यक्रम व्यवस्थापन गर्नका लागि विशेष सहयोग र भूमिका निर्वाह गर्दै आउनु भएको छ । काठमाडौं उपत्यकासहित ११ जिल्लाबाट थारु पत्रकारको सहभागिता सौराहमा हुनेछ ।

भेला सकिए पछि चितवन शाखाको पुनर्गठन पनि गर्ने कार्यक्रम रहेको छ । उदघाटन समारोहमा चितवनबाट प्रकाशन हुन लागेको “सङ्हाति” द्वैमासिकको पनि विमोचन गरिनेछ । कार्यक्रममा भरतपुरस्थित ओएसिस मेडिकल कलेज, जे.पी. मोटर्स, जिल्ला विकास समिति लगायत संघसंस्थाले सहयोग रहने छ ।


Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu