नेपालको बाहुनवाद,नश्लवाद,ढोङ्गीवाद,झुटा रास्ट्रबादीहरुले हामी आदिवासी जनजाती थारुहरुको पहिचान,हक अधिकार,चाडपर्व,पुर्खौ पुर्खा देखि चलीआइरहेको रितिरिवाज,धर्म संस्कृतीलाई किन अपहेलना गर्ने गर्छन?किन हाम्रो धर्ममाथी खेलवार ,घिनौना राजनिती गरि राखेका छ्न?किन हाम्रो पहिचानलाई कुन्ठित पारीरहेका छ्न?किन हामीले मागेका हक अधिकार सुनिश्चित गरि रहेका छैनन?यस्ता धेरै प्रश्नहरु छ्न ती झुटा रास्ट्रवादिहरु संग,के जवाफ दिन सक्छ्न ती भनाउदाहरुले,अह पकै पनि सक्दैनन किन भने उनीहरु खाली झुटको खेती गरि,अर्काको ज्यानमारी खाने,पेट पाल्ने काम गर्छन।
नेपाली हिन्दुहरुको महानपर्व बडा दसैको उपलक्ष्यमा नेपाल सरकारको तर्फबाट नेपाली सेनाले ५२ ओटा बोका र ५२ ओटा राङ्गाको बलि दिने प्रचलन यसपाली दशैमा पनि जारी राखे,तिनीहरुले आफ्नो चाड पर्वमा बलि दिन पाउने रे तर नेपाल सरकारको सर्वोच्च अदालतले केही महिना पहिला मात्र नेपालको तराइमा पर्ने बारा जिल्लामा अबस्थित सु-प्रशिद्ध,विश्व प्रशिद्ध पाच बर्षमा एक चोटि दिइने पशु बलिलाइ रोक्न,बन्द गर्न आदेस जारी गरेका थिय।हाम्रो नेपालका भनाउदाहरुले हरेक बर्ष पशुबलिको नाममा राङ्गा,बोका काट्ने गर्छ्न तिनीहरुलाई किन सर्बोच्चले आदेश जारी गर्दैनन,के सर्बोच्च उनीहरुको बाउको पेवा हो?उनीहरुको निजि सम्पती हो?किन हाम्रो थारु जातीको पुजारी रहेको एक बहु चर्चित बाराको गढिमाइ मन्दिरको बलिप्रथा विरुद्ध आदेश दिन्छ ??दसैमा १० दिन बिदा दिने गर्छन भनाउदा सासकहरुले तर त्यही हाम्रो आदिवासीहरुको माघी,जितिया,लहोसारमा मुस्किलले एक दिन बिदा दिन्छ्न।
नेपाल एउटा बहु भाषिक,बहु संन्सकृतिक भयको देश हो रे भन्छ्न तर खै त नेपालमा सम्मानिता ?ती भनाउदाहरुले मेरै जाती ठूलो,मेरै चाड बाड ठूलो हो भन्ने ठान्छ्न र गरि राखेका पनि छ्न ।के यो जातीय विभेद भयन र?गढिमाइ मन्दिरमा जनावरको अधिकार हनन भयको भनेर काठमाडौ राजधानीको सड्कमा ठुला जुलुस निकालेर NGO/I NGO का नाइकेहरु जनावरहरु आज दसैको बेलामा देशका विभिन्न ठाउमा करोडौं बलि दिई रहदा कुन दुलो भित्र लुकेर बसि रहेका छ्न?कि आफै बलि चढ्यो ती भनाउदाहरु।जब कि बलि प्रथा कहिलै बन्द हुन सक्दैन भनेर र बली चढ्न पाउनु पशुको भाग्य हो भनेर धर्मशास्त्रविद् एवम् नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले पशुको मुक्तिका लागि विधिपूर्वक बली दिनु शास्त्रीय परम्परा रहेको बताएका छन् । आइतबार राजधानीमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै गौतमले भने- ‘पशु बली दिनु हाम्रो शास्त्रमै उल्लेख छ, देवीलाई शक्ति प्रदान गर्नका लागि बली दिइने हो ।’
गौतमले भने- मुक्त हुनका लागि बली हुन पाउनु पशुको भाग्य हो, अदालतले जस्तोसुकै आदेश गरे पनि यो प्रथा बन्द हुन सक्दैन
(डा.गौतमले बजारमा हल्ला भएजस्तो बलीको संख्या नघटेको समेत दाबी गरे । उनले देवीदेवतालाई दिइने बली प्रसादका रुपमा कसैले मासु खान्छ भने त्यो राम्रै हुने बताए । शास्त्रमै उल्लेख भएकाले पशु बली रोक्नेबारे अदालत वा अन्य कुनै निकायले भन्दैमा यो नरोकिने गौतमले चुनौति दिए ।
‘अविवेकशील प्राणीलाई मुक्ति दिन मठ मन्दिरमा विधिपूर्वक बली दिनुपर्छ, मुक्त हुनका लागि बली हुन पाउनु पशुको भाग्य हो, गौतमले भने- अदालतले जस्तोसुकै आदेश गरे पनि यो प्रथा बन्द हुन सक्दैन, शास्त्रीय मान्यता रोक्नुहुँदैन, विकृति रोक्नुपर्छ ।’
गृहस्थाश्रममा बसेर सुखसुविधा भोग गर्नेले अनिवार्य बली दिनुपर्ने शास्त्रीय मान्यता रहेको समितिका अध्यक्ष प्रा.डा. गौतमले दाबी गरे । ‘राज्य सञ्चालनका लागि प्रभुशक्ति, मन्त्रशक्ति र उत्साह शक्तिको आवश्यकता पर्छ, यी शक्ति प्राप्तिका लागि राज्यले दुर्गायज्ञका बेलामा अनिवार्य बली दिनुपर्छ,’ गौतमले भने- प्रभुशक्ति राज्यको कोष वृद्धिसँग सम्बन्धित छ।दुर्जनको विनाश र सज्जनको रक्षाका लागि राज्यलाई उत्साह शक्तिको आवश्यकता पर्ने गौतमले बताए । दुर्जनबाट लोक रक्षाका लागि देवीलाई बलियो बनाउनुपर्छ भन्ने शास्त्रीय मान्यताका आधारमा बलीप्रथाको सुरुवात भएको डा. गौतमले बताए ।
उनका अनुसार राज्य सञ्चालन गर्ने क्षत्रीयमा बली दिनैपर्ने मान्यता रहेको छ । गौतमका अनुसार बली पनि तीन प्रकारका हुन्छन् ः सात्विक बली, राजस बली र तामस बली । चन्दन, अक्षता, फूल, अघ्र्य, पञ्चामृत आदिले पूजा गर्ने विधिलाई सात्विक बली भनिन्छ । सात्विकका साथै पशुपक्षीको रगत, मासु दिएर सन्तुष्ट गराउने विधिलाई राजस बली भनिन्छ । सात्विक र राजस दुवै विधिसहित रक्सीसमेत चढाएर गरिने पूजाविधिलाई तामस बली भनिने गौतमले स्पष्ट पारे ।
गुहृयेश्वरी मन्दिरमा तामस विधिबाट बली दिने परम्परा रहेको उनले बताए । पशुबली दुर्गापक्षमा देवी स्थापना गरिएको स्थानमा विधिपूर्वक पशुमुक्तिका लागि भनेर संकल्प र प्रार्थना गरी दिने विधि रहेको उनले बताए ।
मासु नखाने (शाकाहारी) ले पनि बली दिएर सुँघेर छोड्ने परम्परासमेत रहेको गौतमले बताए । उनले भने- ‘अहिले नेपालमा चलेको तन्त्र र वैदिक मिश्रति विधि भएकाले शक्तिपीठमा बली दिनुपर्छ भन्ने मान्यता रहि आयको छ ।)
नेपालमा अहिले जातीय विभेद गर्ने उनीहरु,नेपालमा हरेक क्षेत्रमा जातीय द्वन्द फैलाउने उनिहरु, हत्या हिंसा गर्ने उनिहरु,सबै अपराध गर्ने उनीहरु ,तर ती सबैको जिम्मेवार हामी सोझा साझा आदिवासी जनजाती,थारु माथी लगाउने,जुन कि नेपालको तराइ क्षेत्रमा भुमीपुत्र मानिने ,सदियौ देखि बसोबास गर्दै आइरहेका थारुहरुलाई मधेसीको बिल्ला भिडाउने,थारुहरु धोती हुन भन्ने जब कि खुद ती भनाउदाहरु ईन्डियाबाट भागेर आयका शर्नार्थीहरु हुन बास्तबमा धोती उनीहरु हुन। हामी,हाम्रो पुर्खाहरु सोझा भयकाले,इमान्दार भयकाले ती सर्नार्थीहरुलाई नेपालमा बस्ने ठाउँ दियौ तर आज हामी भुमीपुत्र थारुहरुलाई नै नेपालबाट लखेटन खोजीराखेका छ्न।तर त्यो तिनी भनाउदाहरुको यो दिवा स्वप्न कहिलै पनि पूरा हुन सक्दैनन र गर्न पनि दिदैनौ ,जब सम्म हामी आदिवासीको शरिरमा प्रान रह्न्छ्न तब सम्म हामी आफ्नो हक अधिकारको लागि लडिरहनेछौ।
हामी आदिवासी थारुहरु दशै हामी मान्दैनौ , हाम्रो लागि दशमी , ड्श्या ....हो , तर पनि हामीहरु अर्काको चाड पर्वलाई हनन गर्ने काम गर्दैनौ सके हामीहरु उनीहरुको समर्थन गर्छौ,उनीहरुको हरेक रितिरिवाज,धर्म संस्कृतीमा आत्मसात गर्छौ।ती भनाउदाहरु जस्तो कुनै पनि जातीको धर्म संस्कृतीमा हनन हुने गरि राजनीति गर्दैनौ थारुको आफ्नै तरिका छ दशमी मान्ने । हामी तिहार मान्दैनौ शुक्राती ,शुक्राइत ,दियाबती ,दिपाबली मान्छौ ।
म घनश्याम चौधरी थारु ती कथित ढोङगिहरुलाई के अनुरोध गर्न चाह्न्छु भने नेपाल एउटा बहुभाषिक,बहु संस्कृतिक देश हो सके ती सासकहरुले सबैको चाडपर्व,रितिरिवाजलाई सम्मान रुपमा लिन,मनाउन,मिलायर हरेक जाती वर्गको चाडपर्वमा सार्वजनिक बिदाको ब्यवस्था गरियोस,कसैको पुर्खौ पुर्खा देखि चली आइरहेको रितिरिवाजलाई हनन गर्ने काम चाडो भन्दा चाडो बन्द गरियोस।
!!!!जय नेपाल!जय थरुहट!!!!
(लेखक= घनश्याम चौधरी/आर,एन चौधरी थारु)