-ईन्दु थारू, कैलाली
बचायाैं याे देशकाे किल्ला हामीले
विखण्डनकारीकाे उल्टै बिल्ला भिरायाे,
लड्यौ भिड्याै देखायाै अाफ्नो साहास
साेझो भनि त्यैपनि हाम्राे उपहास गर्याे।
तिम्राे दाेषि नजरले त सरकार,
जनता मार्नेलाई अाफ्नाे प्यारो देख्याे।
अधिकार माग्ने बेला, हामीलाई हत्यारा देख्याे।।
शान्ति सद्भावकाे त केवल नारा छ
उच्च निचमा विभाजित नेपाली सारा छ,
उठायाैं समानताकाे अावाज,
बनायाैं भूमि हराभरा हामीले
साेझो भनि हामीलाई सवंहारा देख्याे
तिम्राे दोषी नजरले त सरकार,
अाफ्नै जनताकाे लहरलाई दुशमनकाे घेरा देख्यो।
अधिकार माग्ने बेला, हामीलाई हतयारा देख्यो।।
अधिकार पाउने विश्वास मन भित्र भारी थियाे
हाम्रा लागि मात्रै कर्फ्यू पनि जारी थियाे।
अाफ्नै माटाेसंग लगायाैं मित हामीले,
साेझो भनि हामीलाई विस्थापित गर्यो।
तिम्राे दोषि नजरले त सरकार,
हाम्राे घर जलाउनेलाई छुटकारा दियाे
अधिकार माग्ने बेला, हामीलाई हतयारा देख्याे।।