पोष्टराज चापागाइको यो गजल पढम् त ।
गजल
-पोष्टराज चापागाइ
घुसिया काकाले हिजो बिजुली घिचेछन् नि
घरकै डाकाले ! हिजो बिजुली घिचेछन् नि
कहिले पालो सासुको ! कहिले बुहारीको !!
पहिले भाकाले हिजो बिजुली घिचेछन् नि
म नजाने झुक्दै मरे पनि ! इन्डिया भन्दै
किरिया खाकाले हिजो बिजुली घिचेछन् नि
अहिले पो थाहा भयो ! तिनले डकार्दा छि:
मुलुकै भ्याकाले हिजो बिजुली घिचेछन् नि
घटिया बैमानी रछन् भर पर्दथ्यौं तिन्मा
पदमा गाकाले हिजो बिजुली घिचेछन् नि !