सिताराम चौधरी,,
किशोर जि तपाईंसङ मेरो कुनै ब्यक्तिगत इगो छैन, नत कुनै interest छ तपाइले जुन माघिको विषयमा केही भ्रमपुर्ण बिचार लेख्नु भाथ्यो त्यो जनतालाइ स्पष्ट मात्र गर दिएको हो । किनकी यो साझा विषय भएकोले सबैले थाहा पाउनु पर्छ । मैले बुझेको जहाँ अन्याय, विभेद र उत्पीडन हुन्छ त्यहा बिरोध र बिद्रोह हुन्छ त्यो चाहे घरहोस, सस्थाहोस वा देशहोस । आज युवाले यहि हिम्मत गरेर बिरोध गरे बिद्रोह गरे रिजल्ट त पोरको माघिबाट आइ सक्यो । १३ लाख खर्छ गरेर गर्ने माघी घटेर ७ लाखमा झारे जब युवाले आवाज उठाए । प्रत्येक बर्ष लाखौको भ्रस्टाचार हुने गर्दछ । तपाईं पत्रकार यदि बिस्वास छैन भने अडिट रिपोर्ट माग्नुस र हेर्नू होला । धेरै कुरा प्रष्ट हुन्छ । सायद था क स उपत्यकाको महाधिवेशनमा यहि माघिको भ्रस्टाचारको विषयमा त्यत्रो बुद्धिजीवी युवाले उठाको सवाल थाहै होला । अधिबेशनमा कमिटीले प्रष्ट पार्न सकेन । यहि हो युवाले चाहेको खोजेको पारदर्शिता । जुन हरेक सचेत नागरिकले खोज्नु पर्छ ।
२. हो यदि सबै मिलेर काम गरेपछी सबैको हक बन्छ । कसैलाइ काखा कसैलाइ पाखाले फेरि समस्या जन्माउछ । माघी कुनै एउटा सस्थाले गर्ने होइन । थारुको सबै काठमाडौमा भएका अधिकारमुखी सस्था मिलेर गर्दै आइरहेका छन । यसर्थ सबैलाई जानकारहोस यहाँ समस्या भनेकै एउटै सस्थाको मोनोपोलि र अरु सस्थाको अस्तित्व स्विकार्न नसकेर माघीमा समस्या आको हो ।
३. यदि घरमा छोराछोरिको बिबाद हुदा बुवाआमाले मिलाउछन । तर यहाँ के देखियो भने छोराछोरिको झगडा हातमुख बाधेर टुलुटुलु हेरिरहेका देखियो । जुन था क स को केन्द्रले केही जिम्मेवारी लिइ मिलाउनु पर्ने थियो तर केही गम्भीरता देखिएन । जुन समस्या सहज मिल्थ्यो । तपाईं टुप्पोको बेस्लेसन एकैचोटी गर्दै हुनुहुन्छ पहिला जराबाट अध्यन गर्नुस ।
४. पुर्ब पछिमको भ्रमपुर्न कुरा गरेर थारुलाइ फुटाउने काम नगर्नुस । अहिले दुबै माघिको संयोजक पुर्ब सप्तरी जिल्लाबासी नै हुन । अनि कसरी पुर्ब पछिमको माघी भनेर छुट्याउनु हुन्छ । हामी पुर्व झापादेखी पछिम कंचनपुर जिल्लाका २७ वटा थारुको अधिकारमुखी सस्था मिलेर साझा रुपमा माघी गर्दैछौ । पुर्ब पछिम भनेर एकता भाड्ने चेस्ता नगर्दा राम्रो हुन्छ ।
यहि हो किशोर जि सच्याइ । तपाईं जति लामो लेख लेख्नुस सत्यकुरा छोप्न सक्नु हुन्न । समस्या कहाँ छ त्यहा दौडनुस।
लेखक=बर्दियाली थारु बिकास मञ्चका अध्यक्ष हुन।