वर्ष दिनको एकपटक, आइदिन्छ माघी पर्व।

Saturday, 14 January 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

[[माघी विशेष गजल]]
"
वर्ष दिनको एकपटक, आइदिन्छ माघी पर्व।
मनभित्रका दुख कष्ट, भुलाइदिन्छ माघी पर्व।

कोही महल कोही झुपडी, जहाँसुकै बसेपनि।
घरघरमा खुशियाली, ल्याइदिन्छ माघी पर्व।

गाउँघर टोल बस्ति हुंदै, समाज अनि राष्ट्रमा।
आएका ति रोग संकट, हटाइदिन्छ माघी पर्व।

जिन्दगी नै नरक बनाई, बाँचेको त्यो मनुषको।
सधैं आइरहने यादहरु, पठाइदिन्छ माघी पर्व।

जोहो तार्न खांडी मुलुक, हिंडेका ति छोरासंग।
आमाबुवा सबैको भेट, गराइदिन्छ माघी पर्व।
"
अंकर 'अन्जान सहयात्री'
पथरैया-4 जबलपुर,कैलाली

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu