"मेलामा भेटिएको केटि साथी"[कविता,रचना=भागवत चौधरी]

Tuesday, 17 January 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काली भएपनि हाइहिल सेन्डलले मोडरेट अग्ली देखिने , कालो दामी ज्याकेट र सुकिलो सेतो पाइन्ट पहिरेकी ,
कालो आँखा र अचकली रातो ओठ भएकी ,
छत्तीस वर्षे छिप्पु देखिए पनि आफुलाई १६ वर्षे बताउने,
एकै नजरमा यो मन र पच्चास नाघी सकेको बूढोको पनि मुटु तताउने,
एक नक्कली छिप्पेकी बालिका अहिले म सित छिन ,उनले आफूलाई मेलामा हराएकी दाबी गर्दै छिन ।
उ मेलामा हराएकी भएपनि अहिले  म सित सुरक्षित छिन ,
अहिले उ म सित खैरहनी , चितवनमा माघी मेला घुम्दैछिन,
घरि रोटेपिंगमा घुम्छिन , घरि रोलर कस्टरमा उड़छिन ,
घरि हेण्डक्रस गर्दै मेरो हात समाउछिन , मेरो हात समातेर हो कि मेलाको रौनक देखेर सार्है खुसी छिन म नर्वस छु र पनि हस्त स्पर्शमा सन्चो मान्छु ,
मनले स्पर्श सुख अनुभूती गरेपनि मुखले चै हाथ छोड़ भन्छु,,

उ संग भेट भएको तीन घण्टामै एसले मेरो मुटुमा घण्टी बजाईंन ,
मेरो हात समातेर बगरको मेलामा तीन चक्कर लगाईंन् ,
तीन चक्करमा तीन डबल मोमो , तीन प्लेट चाउमिन , तीसवटा गोलगप्पा , तीन पेला थ्कपा , तीनवटा हाँवा मीठाई , तीनवटा पेड़ा , तीनवटा सिंगग्डा़ ख्वाप ख्वाप खाइन् , मुखको आकार ठुलो भएपनि पेट त सानै हो , तेत्ति धेरै खानेकुरो त्यो सानो पेटमा कसरी अटाइन,,

हराएकी बालिका मलाई घाडो़ भइसकेकोछ ,
मेरो श्रीसम्पती पन्द्रह सय जति गईसकेकोछ ,
कसकी सम्पती , कसकी श्रीमती को हुन इनको पति ,
मेलाको भेलाले देखिसकें मेरो मति भईसक्यो मेरो दुर्गति ,,

अब ता घर जाऊ न हौ भन्दा अझ ढीट भई जादिन भन्छिन , भाग्न खोज्छु बल्याकमेलको चेतावनी दिन्छिन ,
परें म फसादमा बेकारमा किन आएछु बिहानै यो माघे मेलामा ,
म घर जान्छु भन्दा उसले भन्छिन तिमी भयौ मेरो प्यारो साथी,
कसो गरौं भनिदिनोस न मेरा शुभचिन्तक साथी ,
ठूलो वज्रपात भयो हिऊदको महीनामा पनि म माथी।

           (लेखक, रचना= भागवत चौधरी )

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu