यो थारुभाषामा बनेको नेपालकै दोश्रो चलचित्र हो । स्वर्गी शिव रेग्मीले निर्देशन गरेको यो चलचित्रका गीत सँगीत निकै कर्णप्रिय छन् । चितवनको थारुहरुले प्रयोग गर्ने भाषामा यो चलचित्र निर्माण गरिएको हो । पूर्वी चितवनको झगरु चौधरी र महेन्द्र चौधरीले यो चलचित्र निर्माण गरेका थिए । यागा यागा तुई चल यागा.... बोलको गीत निकै चर्चीत पनि छ । २०५० सालमा बनेको यो चलचित्रमा पूर्वी चितवनका महेन्द्र चौधरी, संगीता चौधरी, सुनकेसी चौधरी, झगरु चौधरी लगायतले अभिनय गरेका छन् । चलचित्रमा देखाइएको कथा बस्तु आजपनि उत्तिकै समय सान्द्रभीक छ । कलपाना जस्तै थुर्पै थारुभाषाका चलचित्रहरु नेपालमा बनेका छन् । चितवनमै मात्रै दुईदर्जन भन्दाबढी थारु भाषाका चलचित्रहरु तयार गरिएका छन् । तर यस्ता खालका ऐतिहासीक चलचित्रहरु ओझेलमा छन् । न त धेरै दर्शकहरु सम्म पुग्न सक्यो न त व्यवसायीक रुपमा सफल नै भए । हामीले यस्ता खालका भाषा भाषिमा बनेका पुराना तथा नयाँ चलचित्रहरुलाई दर्शक सम्म पुर्याउने प्रयासमा छौं । तपाईहरु सँग भएका यस्ताखालका चलचित्रहरु छन् भने हामीलाई पठाउनुहोस । हामी हाम्रा दर्शकहरु सम्म पुर्याउने छौं । नयाँ पुस्ताले समेत पुराना चलचित्र हेरेर पाठ सिक्नुपर्ने छ । अहिलेका लागि चितवन र नवलपरासीका दर्शकहरु सम्म लैजान हामीले भाषा भाषिका चलचित्रहरुलाई महत्वपूर्ण स्थान दिने तयारीमा छौं । मुकुन्दसेन टेलिभिजन ( एमटिभी ) मार्फत हामीले हाम्रा दर्शक सम्म पुर्याउने छौं ।
©® Santa Kumar Chaudhary
