"नेपालको भूमिपुत्रहरु जसले घना जंगललाई खेती योग्य जमिन बनाए ती समूदाय सुकुमवासी बन्दै।"
(SHARE गरेर सबैमा चेतना फैलाउन हामीलाई सहयोग गर्नुहोला।)
अहिले बिवाहको समय छ, सिरहा जिल्ला लहान पडरिया थारू टोलकी सृजना चौधरी(नाम परिवर्तन)को फाल्गुन 20 गते विवाह छ। उनको मनमा नानथरी कुराहरु खेलिरहेको छ सायद; उनी थोरै खुशी, थोरै डराएकी, थोरै उत्साहित पनि देखिन्छिन् तर उनको बुवाको भने बिल्कुलै फरक दृश्य छ। उहाँ छोरीको बिवाह तय भएकोमा खुशी त छन् तर यी भूमीपुत्रले बिवाहको खर्च जुटाउन सदियौं देखी पुर्खाले सम्हालेर दिएको थोरै जमिन बेच्नु पर्दा दुखि छन्। दुःख किनपनि नलागोस्? यो जमिन यिनको दादा-पुर्खाले जङ्गल चिरेर बाघ-भालु अनि मलेरियाजस्तो भयानक रोगसँग लडेर आफैले बनाएका थिए। र आज त्यै जमिन अरु बाहिरबाट आएकाहरुलाई बेच्नु पर्दा कस्को मन नरोला??
थारू जाती नेपालको आदिवासीहरुको यस्तै स्थिति रह्यो भने अबको दस वर्षमा कैयौं घरहरु कैयौं थारू परिवारहरु सुकुम्वासी(जमिन नभएको)मा परिवर्तन नहोला भन्न सकिन्न। सुन्दै कस्तो कस्तो लाग्ने, "नेपालको भूमिपुत्रहरु जसले घना जंगललाई खेती योग्य जमिन बनाए ती समूदाय सुकुमवासी बन्दै।" तपाईहरु फेसबुक चलाउनेहरुले भन्नुहोला हैन यो थारू कम्यूनिटीका सञ्चालकले के भन्दैछ यस्तो? तर विशेष गरी पुर्वीय थरुहट जिल्लाका थारू गाऊँहरुमा पुगेर हेर्नुहोस् आज आमा-बुवाको चिन्ताको बिषय बनेको छ, छोरीको बिवाह कसरी गर्ने? एउटा मोटरबाईक नदिई बिवाह गर्न मान्दैन्न राम्रा केटाहरु, सारा गाउँलेलाई मासु भोज खुवाउनै पर्ने। अन्य खर्च जोडेर थारू बिवाहमा लगभग पाँच लाख(सामान्य गरिब थारू परिवारमा) खर्च हुन्छ।
मधेशी समुदायमा जस्तो नगद दहेजको कारोवार थारू समुदायमा हुदैन तर अहिले आएर बाईक माग्ने चलन बढेको छ बारा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, उदयपुर आदी जिल्लाका थारू परिवारहरुमा। ती परिवारहरुमा 10 प्रतिशत थारूहरु मात्र सम्पन्न छन् भने बाँकी 90% गरिब तर बिवाह गर्ने शैली भने सबैको उस्ता उस्तै हुने गरेको छ। नसक्ने अर्थात 70% थारूहरुले छोराछोरीको बिवाह गर्दा कि त ऋण लिन्छन् कि त जमिन बेच्छन्। यो बिषयमा किन कसैले चासो राखदैन्न? थारू नेताहरु दुई ध्रुव तिर फर्केर बसेका छन्। थारू संघ-संस्थाका पदाधिकारीहरु भने ब्यक्तिगत स्वार्थमा झगडा गरेर बसेका छन् अनी थारू समूदायको यि यसतै सामान्य लाग्ने तर गम्भिर विषयहरुमा कसैले चर्चा गर्दैन्न।
कृषि पेसामा संलग्न, वर्ष भरी जसोतसो हातमुख जोड्न मात्र पुग्ने, कमाईको अन्य स्रोत नहुने तर छोराछोरीको बिवाह-वारीमा लाखौं खर्च गर्नुपर्ने यो कस्तो रित सिकका हुन् यि भुमीपुत्रले अन्य समूदायबाट जो ब्यापार गर्न खप्पिस अनि एकदम चलाख छन्? कि त थारू समूदाय आर्थिक रुपमा सबल हुनुपर्यो, ब्यापार गर्न सिक्नु पर्यो अरु जस्तै सम्पत्ति आर्जन गर्न सिक्नुपर्यो। अरु समुदाय त आर्थिक रुपमा सबल छन् र बिवाहमा खर्च गर्छन् तर थारूहरु अरु जस्तो धन सम्पति आर्जन गर्न नजान्ने नसिक्ने तर बिवाह भने समाजलाई देखाउन मात्रै जमिन बेचेरै धुमधामसाथ गर्ने? कसलाई घाटा?? बिवाहमा हुने खर्च छोराछोरीको पढाईमा गर्न किन हिच्किचाउछन् थारू समूदाय??
[fb.com/tharucommunity को लागि थारू मोडल जेशिका चौधरीका तस्विरहरु।]
©® Tharu community facebook page