~कविता~
"मेरी आमाको पिडा अनि मेरो देश"
-
त्यो अँध्यारो कुनामा केही डराए जस्तै गरी,
अनि केही खोजे जस्तै गरी,
एक तमासले हेरीरहेको छ,
बिरालोले मुसा चिह्याए जस्तै,
मानौं त्यहाँ केही मुल्यवान चिज गुमाएको छ उस्ले,
कहिले शिर हेर्छ त कहिले पाउ हेर्छ,
अनि मनमनै उ सोच्ने गर्छ,
यो देश भित्रभित्रै खोक्रि सकेको छ,
यहाँ बस्ने ति भुस्याहा कुकुरहरु,
लुछिचुडी खाइ सकेका छन,
पेट फुट्ने गरी अघाइ सकेका छन,
अनि डकार छोड्दै छन,
चारैतिर दुर्गन्ध फैलाएर,
म सोच्ने गर्छु कति रुँदिहुन ति मेरी आमा,
आफ्नै सन्तानले आफ्नै मासु,
चोक्टा चोक्टा पारी खाएको,
कति पिडा हुँदो हो,
कति मन रुँदो हो,
अनि आफैलाई धिक्कार्दी होलिन,
कस्तो सन्तान जन्माएछु मैले,
यता मोजमस्तिमा डुबुल्की मार्दैछन,
ति नालायक सन्तानहरु,
उता आमा मोतिका दानाहरु खसाल्दै,
आलाप विलाप गर्दैछिन,
बचाई देउ मेरो शरिर माथिको लुगा,
अनि बचाई देउ मेरो आमा हुनुको अस्तित्व,
म आफै रमिता भएको छु,
छोराहरुको अगाडी,
मलाई बनाएका छन,
कठ्पुतली खेलौना जस्तै,
अनि,
आफै रमिते भइ मलाई नचाएका छन बाँदर जस्तै,
म नाच्दैछुं मन भरिका पिडा बोकेर,
म हाँस्दैछुं आँखा भरिका आँसु रोकेर,
चिथ्रा चिथ्रा परिसकेका छन,
मेरा शरिरका लुगाहरु,
कतै मुसाहरुको घर भएको छ,कतै चराहरुको बगर भएको छ,
आउनेले आउँछन मन भरिका दुर्गन्ध पुछेर जान्छन,
म भने आफ्नै सन्तान हो भनि मायाँ देखाइ रहन्छु,
कतै ठेस लागेको बेला, म आफै रोइदिन्छु,
अनि मल्हम् पट्टी गरेर,
छोराको खुत्ता धोइदिन्छु,
ऊ भने फर्केर कहिल्यै हेर्दैन,
मेरा शरिरका लुगा फातिसकेका छन,
र पनि ऊ मेरो लुगा कहिल्यै फेर्दैन,
मेरा ति नालायक सन्तानहरुले,
मेरा सपनाहरुको आगो ताप्दैछन् दनदनी,
मेरा सपनाहरु भने ति कालो धुँवासंगै आकाशमा उडिरहेका छन,
मानौं उडाइ रहेको चङ्गाको डोरी टुटेझैं,
कहाँ हो कहाँ उडिरहेका छन,
म भने लाचार भएर शिर निहुराउँदैछु,
अनि र्याल चुहाएर कुकुरझैं हेर्दैछन् मेरा चोक्टा चोक्टा पारेर खानलाई,
~
अंकर "अन्जान सहयात्री"
पथरैया-4 जबलपुर,कैलाली