मोबाइल को वालमा सजाएको छु,
तिम्रो मायाँको सागर मा हराएको छु,।
रात न दिन बुझी जीवन धाए कै छु,
एकै दिन का खुशिमा म रमाएकै छु,।।
म परे गरिब घरका सोझा साझा ठिटो,
आउदैनन बोल्न अलिकती पनि झुठो,।
गरिब भएपनि खाएकै छु सुखा रोटी मिठो,
एकदिन भरिन्छ हाम्रो खल्ती अवश्य रितो,।।
धेरै धेरै धन्यवाद छ साथै हृदय देखि नै मायाँ,
रात र दिन सम्झि रहेछु देखछु तिम्रै छाँया,।
कस्तो रहेछ आखिर तिम्रो स्वार्थीपन को माया,
मैले त देखाइ रहेछु खोली खोली निस्वार्थि छाँया,।।
मेरो घरपर्यो मोरङ जिल्ला लखन्तरी - १
खुनियाँकटा थानटोल पर्यो जन्मभुमी ठाँउ ,।
मैले आज सम्म कसैलाई ढाठ्न जानिन,
सुरेश चौधरी नै हो मेरो वास्तविक नाउँ,।।
लेखक:=थारु युवा साहित्यकार सुरेश चौधरी मोरङ खुनियाँकटा ,
विवेकशील थारु युवा समूह सुनसरी मोरङका जन्मदाता।
