हाते मालो गरौ,अघि बढौं,पछि नहटौं
अब हामी प्रवासी थारु युवा हो,
देश र थारु समाजको सेवा गर्नको निम्ति
ढिला नगरौं अब हामी प्रवासी थारु युवा हो,,
थपिएको छ जिम्मेवारी हामी प्रवासी
थारु युवा कै काधमा,
अरुको देखा सिखी हैन अब
आउ हामी थारु युवा अगाडि
बढौ एकताको साथमा,,
जन्मेका हुन् शान्तीको अग्रदुत
गौतम बुद्ध हाम्रै नेपालमा,
बाच्ने गरौ हामी थारु युवा शिर उठाएर
आफ्नै थारु संस्कृति र पहिचानको सानमा,,
देशको प्रगतिमा नै आफ्नो भविष्य कोरौं,
थारु समाजको सेवा गर्नको निम्ति
अब हामी ढिला नगरौं,,
चिनाउनु छ संसार,विश्व भरी हाम्रो थारु
संस्कृति र पहिचानलाई,,
सबै मिलि जुलि सफल पारौ
"थारु युवाहरुमा एकताको निम्ति"
"थरुहट/थारुवान बिकासको निम्ति"
उठाएइको प्रवासी थारु सेवा समाज
मलेसियाको अभियानलाई।
लेखक:=यस् वेबसाईटका प्रधान सम्पादक हुन र प्रवासी थारु सेवा समाज मलेसियाको संस्थापक अध्यक्ष:-(आर एन चौधरी थारु/घनश्याम चौधरी)
