मर्न बाध्य भयो जब हराइदिए, भुराभुरीले

Thursday, 6 April 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}


प्रहार अरु कसैले गर्यो, दोष पायो खुकुरीले !!
उ लड्यो जब आफ्नै अनावश्यक, चुरिफुरीले !!

घरको छानो हराउँदा छिमेकिले गाली खायो,
वास्तवमा छानो लगेको थियो, हावा र हुरिले !!

कलमको जित भयो आज तरबारको अगाडि,
बोलिको प्रतिस्पर्धामा, के जित्थ्यो त्यो बहादुरीले !!

घमण्डको सिमा एकदमै चर्किदै गर्दाखेरी,
मर्न बाध्य भयो जब हराइदिए, भुराभुरीले !!

स्थिर रइरहन्छ फुल, मुस्कुराउछ हरपल,
इज्जत लुटेता पनि त्यो पापी, हुल माहुरीले !!

   @केशब
सिन्धुपाल्चोक

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu