रामचन्द्र नेपाल/अनलाइन खबर,,
मलेशिया:= गैरआवासिय नेपाली संघ मलेशियाको जोहोर क्षेत्रीय शाखा गठन भएको छ ।क्षेत्रीय कमिटीको अध्यक्षमा रविलाल अधिकारी, वरिष्ट उपाध्यक्षमा माधव श्रेष्ठ, महिला उपाध्यक्षमा संगिता राई,उपाध्यक्षमा हरिबहादुर बस्नेत, सचिवमा अर्जुनबहादुर सिंह,सहसचिवमा युवराज ज्योति र कोषाध्यक्षमा खेमबहादुर थापा रहेका छन् ।
यसैगरी सदस्यहरुमा रेस्मा राई,कविन्द्र राई,सिताराम बस्तेत,रवि लिम्वु,नारायण गिरि, विन्दु दर्लामी, गणेश आरपी, सिताराम फुयाल,अनिलकुमार,माया भुजेल, भिम दाहाल, विजय अधिकारी, रुद्र बस्नेत, धमेन्द्र महतो र नारायण बटाला रहेका छन् ।
शाखाको उद्घाटन आईसीसी सदस्य विश्व राई, एनआरएनएका मलेसिया अध्यक्ष खगेन्द्र न्यौपाने र संरक्षक रमेश तिवारीले सयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा वोल्ने वक्ताहरुले धेरै लामो समय पछाडि जोहोरवारुमा शाखाको स्थापना भएको र शाखाले नेपालीहरुको हितमा उपयुक्त हुने कार्य गर्दै नेपालमा श्रमिक लगानीको वातावरण भित्र्याउनु पर्नेमा जोड दिएका थिए ।
साथै उनीहरुले मलेशियाका अन्य क्षेत्रमा पनि शाखाहरु गठन गर्दै लैजाने बताए ।कार्यक्रममा एनआरएनका महासचिव सुन्दर आलेले मलेशियामा एनआरएन गठन गर्दाका क्षणहरुको चर्चा गर्दै संस्थालाई सबै मिलेर सकारात्मक सोचका साथ अगाडि बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा जनप्रगतिशील मञ्चका अध्यक्ष प्रेम पाण्डे, आदिवासी जनजाति महासंघका मातृका धिमाल, पीएनसीसीका मलेसिया को-अडिनेटर रामचन्द्र नेपाल, श्रमिक एकता समाजका रविलाल अधिकारी,
ब्यवसायी नारायण गिरि लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।
एनआरएनए मलेशियाका युवा संयोजक ज्ञानेन्द्र सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन रमेश मल्लले गरेका थिए ।कार्यक्रममा नवनियुक्त शाखाका पदाधिकारीहरुलाई एनआरएन अध्यक्ष खगेन्द्र न्यौपानेले सपथ खुवाएका थिए ।सयौ नेपालीहरु उपस्थित रहेको कार्यक्रममा कलाकारहरुले आआफना प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।
