५ औं खिचरा महोत्सवको त्यारी तिब्र/सेल्फी प्रतियोगिता महोत्सवको मुख्य आर्कषण

Monday, 25 December 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कारी महतो,,
चितवन:=पूर्वी चितवनको खैरहनी नगरपालिका–­५, जबकौली गौचरनमा यहि पुस २८ देखि माघ ८ सम्म संचालन हुने महोत्सव स्थानिय थारु संस्कृतिको संरक्षण गुर्न रहेको आयोजकको भनाई छ ।
अहिले महोत्सव परिसर सजावटका कामहरु भईरहेको छ । महोत्सवमा २०० जति स्टल रहने र स्टल बुकिङ खुला गरिएको प्रचारप्रसार संयोजक कारी महतोले जानकारी दिए । थारू जातिले प्रयोग गर्ने लोपोन्मुख सामग्री निर्माण गर्ने प्रतियोगिता, भलिबल प्रतियोगिता, सेल्फी प्रतियोगिता महोत्सवको मुख्य आर्कषण हुने छ । महोत्सवस्थलदेखि कुमरोज सामुदायिक वनमा जीप सफारी, महोत्सव परिसरमा बोटिङ, हाजिरिजवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, ४० वर्षा माथिको पुरूष तथा महिलाहरूको दौड प्रतियोगिता समेत आयोजना गरेको मूल आयोजक संयोजक नारायण प्रसाद महतोले जानकारी गराए ।

महोत्सवमा कृषकहरुका बाली प्रतियोगिता गरी उत्कृष्ठ ठहरिएका कृषकहरुलाई नगद पुरस्कार दिनुका साथै प्रदर्शनका लागि कृषि परिसर र बाल उद्यान लगायत मनोरञ्जनात्मक खेलहरु पनि महोत्सव परिसरभित्र राखिनुका साथै राष्ट्रिय तथा स्थानीय स्तरका ख्यातिप्राप्त कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने जनाइएको छ ।महोत्सवलाई भव्य रुपमा सफल बनाउनका लागि ३०१ मूल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरिएको छ । उपसमितिहरुले आफ्ना जिम्मेवारीका कामहरु अगाडि बढाएका छन् । महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि ५० रुपैया टिकट शुल्क लाग्ने र विद्यार्थीका लागि २५ रुपैया टिकट लाग्ने जनाइएको छ।

महोत्सवमा हुने आम्दानी तथा खर्चको हरहिसाबलाई अझ पारदर्शी बनाउनका लागि आर्थिक समिति र लेखा समिति छुट्टाछट्टै गठन गरिएको छ । यस्तै यसपटक महोत्सवमा चार जना पत्रकारहरुलाई नगदसहित पुरस्कृत गर्ने भएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu