हमार सनेश सहकर्मीं,
एलएन गच्छदार,,
मोरङ सुन्दरहरैचा नगरपालिका -१, कि २० बर्षिया बिनिशा साह बंगलादेशको राजधानी ढाकामा आफनै होस्टेलको कोठा भित्र मृत फेला परेकी छिन।
उनी ढाकाको भतरा स्थित पायोनियर डेन्टल कलेज एण्ड हस्पिटलमा २२ औं ब्याचकी तेस्रो बर्षमा अध्यनरत बिद्यार्थी हुन।
होस्टेलको कोठामा सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा फेला परेको ढाका स्थित नेपाली दूतावासका उपप्रमुख धनबहादुर वलिले जनाएको छ।
बंगलादेशको जागो न्युज अनलाइनका अनुसार कलेज संचालक अब्दुल गफुरले ट्युसन फि समयमा नतिरेपछि साहलाई परिक्षामा बस्न नदिएको जनाएको छ भने उनी परिक्षा हलबाट निराश हुँदै होस्टेलमा फर्केकी थिइन । अचानक मंगलबार दिउँसो झुन्डिएको अवस्थामा फेला परिन।
सेकेन्ड टर्मको परिक्षाको प्रवेश पत्र लिनका लागि कलेजले २ लाख टाका विद्यार्थीहरुबाट मागेको साहका सहपाठीको अनुसार बंगलादेशको जागो न्युज अनलाइनले लेखेको छ।
सो अनलाइनका अनुसार कलेज प्रशासन र शिक्षकहरुको दबाबमा साहले आत्महत्या गरेको अनुमान गरेको छ भने भतरा प्रहरिले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।
