उपत्यकामा बसोबास गर्ने थारु समुदायले यस वर्ष पनि माघी महोत्सव २०७४ भव्यरुपमा मनाउने

Thursday, 21 December 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं:=उपत्यकामा बसोबास गर्ने थारु समुदायले यस वर्ष पनि माघी महोत्सव २०७४ भव्यरुपमा मनाउने गरी तयारी थालेका छन् ।थारु कल्याणकारिणीसभा उपत्यका समितिको मूल संयोजनमा महोत्सवको तयारी थालिएको उपत्यका समितिका अध्यक्ष सत्यनारायण चौधरीले बताउनुभयो । हालै बसेको सभाको बैठकले महोत्सव तयारीकालागि विभिन्न उपसमिति समेत गठन गरेको छ ।

सभाको संयोजकत्वमा गठन गरिएको मूल आयोजक समितिमा थारुको विभिन्न २४ वटा संघ संस्थालाई समेत राखिएको छ । समितिमा थारु युवा सभा, थारु महिला सभा, थारु महिला समाज, थारु पत्रकार संघ नेपाल, थारु कर्मचारी सभा, थारु शिक्षक सभा, थारु चलचित्र तथा सांस्कृतिक संघ, थारु इन्जिनियर्स एशोसियशन नेपाल संस्था  रहेका छन् ।

महोत्सवबाट उठ्ने रकमको छुट्टै खाता सञ्चालन गरी हरहिसाव पारदर्शीरुपमा राख्नुपर्ने मागगर्दै थारु विद्यार्थी समाज तथा वर्दियाली थारु विकास मञ्चले अलग महोत्सव गर्दैआएका छन् ।


त्यस्तै, थारु सांस्कृतिक कला मन्दिर, थारु विद्यार्थी समाज, कोशी थारु युवा समाज, सुनसरी–मोरङ–काठमाडौं थारु सम्पर्क समाज, आदिबासी थारु कानून व्यवसायी समाज, रौतहट बारा थारु जागरुक समाज, थारु लोकतान्त्रिक संघलाई मूल आयोजक समितिभित्र राखिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । सोहीअनुसार मूल आयोजक समितिमा थारु महिला जागरण केन्द्र, थारु श्रमिक समाज, थारु आर्टिष्ट समाज, थारु शैक्षिक तथा वातावरण संरक्षण समाज, थारु औषधि व्यवसायी संघ, खवास समाज परिषद, उदयपुर थारु जागरण समाज आदि रहेका छन् ।

महोत्सव तयारीका लागि डम्मरप्रसाद चौधरीको संयोजकत्वमा आर्थिक उपसमिति, थारु पत्रकार संघको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, कानूनलाल चौधरीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, प्रविन चौधरीको संयोजकत्वमा स्वयम्सेवक उपसमिति, पृथ्वीचन्द्र चौधरीको संयोजकत्वमा स्टल व्यवस्थापन उपसमिति, प्रेमीलाल चौधरीको संयोजकत्वमा अतिथि स्वागत उपसमिति, वीरेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा औषधि स्वास्थ्य उपचार व्यवस्थापन उपसमिति, रामस्वागत चौधरीको संयोजकत्वमा सांस्कृतिक उपसमिति गठन गरिएको आयोजकले बताएको छ ।

यसअघि दुई ठाउँमा हुने माघी महोत्सवलाई यस वर्ष एकै ठाउँमा गर्ने प्रयास जारी रहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । दुवै पक्षको साझा बैठक बसी सहमतिको प्रयास भइरहेको भएपनि अहिलेसम्म ठोस उपलब्धी हात भने लागेको छैन ।
महोत्सव एक ठाउँमा हुँदा हुने उल्लासमय वातावरण दुई ठाउँमा महोत्सव हुँदा नहुनेगरेको बुझाई दर्शकहरुको छ । महोत्सवबाट उठ्ने रकमको छुट्टै खाता सञ्चालन गरी हरहिसाव पारदर्शीरुपमा राख्नुपर्ने मागगर्दै थारु विद्यार्थी समाज तथा वर्दियाली थारु विकास मञ्चले अलग महोत्सव गर्दैआएका छन् । यस वर्ष पनि सोही विषयमा विवाद रहेको दुवै पक्षको भनाई छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu