सितोरियो कराते संघ मलेसियाले आयोजना गरेको अवार्ड कार्यक्रम सम्पन्न/पत्रकार,समाजसेवी आर एन चौधरी थारु सम्मानित

Monday, 1 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

घनश्याम चौधरी,,
जनवरी/१ तारिख/सोमबार/मलेसिया:=नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाले आयोजना गरेको sports award 2017 कार्यक्रम होटेल ग्रेण्ड कन्टिनेन्टल क्वालालम्पुरमा भब्य रुपमा सम्पन्न भएको छ।कार्यक्रममा कराते लगायत विभिन्न १४ वटा विद्यामा अवार्ड प्रदान गरेका छ्न।कराते संघ मलेसियाको अध्यक्ष योगेन्द्र कोइरालाको सभापतित्वमा सुरु भएको यस कार्यक्रमका प्रमुख अतिथिमा नेपाली राजदुताबास मलेसियाका कार्यबाहक राजदुत कुमार राज खरेल साथै विशेष अतिथिमा टेक बहादुर बिक ,चोलाकान्त पङ्गेनी,राम चन्द्र गिरि,राम कुमार तामाङ,रितुराज तामाङ,फुर्वा तामाङ लगायतका रहेका थिए ।

अवार्ड पाउनेमा बर्ष 2017 का कराते खेल तर्फका अन्तरास्ट्रिय कराते खेलमा पदक प्राप्त गर्ने खेलाडी राम तामाङ,नोर्बु तामाङ,राम आङदेम्बे,भिम बहादुर महर,सन्तोष रिजाल र अन्तर्राष्ट्रिय रेफ्रिमा नेपालको तर्फबाट धेरै पटक भाग लिएकि लक्ष्मी क्षेत्रीलाई प्रदान गरिएको हो।2017 भरिमा १ रजत पदक र ४ कास्य पदक प्राप्त गरि अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उच्च बनाएको ठहर गर्दै Best of the year 2017 को अवार्ड खेलाडी तुलाराम धामी लाई प्रदान गरियो ।
साथै प्रवासमा बसेर पनि थारु समुदायलाई संगठित गर्न सफल हुनु भएकोमा र पत्रकारिताको माध्यमबाट थारु लगायत नेपाली श्रमिकहरुको निम्ति कलम चलाए बापत,नेपालीहरुको निम्ति कलमको क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै बर्षको उत्कृष्ट पत्रकारिता अवार्ड The Best journalist news reporter award 2017 पत्रकार,समाजसेवी घनश्याम चौधरी उर्फ आर एन चौधरी थारु लाई कार्यक्रमका सभापति योगेन्द्र कोइराला,प्रमुख अतिथि कार्यबाहक राजदुत कुमार राज खरेल ,विशेष अतिथि र मलेसियाका वरिष्ठ पत्रकार कान्तिपुर दैनिकका मलेसिया सम्बादाता राम चन्द्र गिरि (RC Girri)को हातबाट संयुक्त रुपमा प्रदान गरिएको थियो।
त्यसै गरि बर्ष भरी समाजिक काम ,र नेपाली पिडित श्रमिकहरुको हक हितमा काम गरे बापत PNCC संयोजक राम चन्द्र नेपाल र NRNA मलेसियाका महासचिव लाल बहादुर आले मगर उर्फ सुन्दर आलेलाइ प्रदान गरेको थियो।

साथै गायन क्षेत्रमा बिगत लामो समय देखि लागी पर्नु भएकी रोजी क्ष्रेष्ठ र लोक दोहोरी तथा आधुनिक गायक कोष बम्जन तामाङ लाई प्रदान गरेको थियो ,साहित्यिक बिद्यामा लामो समय देखि कलम चलाए बापत साहित्य तर्फ दिनु भएको योगदानलाई कदर गर्दै जीवन देवान गाउँलेलाई , खेलकुदको क्षेत्रमा अमुल्य योगदान र सहयोग गर्दै आइरहेका हिमाल्यन फुटबल क्लबका अध्यक्ष सन्तोष कार्कीलाई र हास्य कलाकारको अवार्ड अमिर अधिकारी र स्थानीय कलाकारहरुलाई कार्यक्रमका सभापति,प्रमुख अतिथि,विशेष अतिथिको हातबाट संयुक्त रुपमा प्रदान गरिएको थियो।
नेपाली प्रवासी सितोरियो कराते संघ मलेसिया प्रमुख आयोजक रहेको यस अवार्ड कार्यक्रमको संचालन हास्य कलाकार अमिर अधिकारीले गरेका थिए भने उद्घाटन प्रमुख अतिथि,सभापति,विशेष अतिथिहरुले संयुक्त रुपमा दिप प्रज्वलन गरि गरेका थिए भने यस कार्यक्रमको प्रायोजकमा हिमालय फुटबल क्लब , मण्डला रेष्टुरेन्ट , उग्रतारा रेष्टुरेन्ट , एभरेष्ट रेष्टुरेन्ट, पङेनी हुनम रिसोर्ट ,हिमालयन एयरलाइन्स,परदेशी रेस्टुरेन्ट ,नेटफार ग्लोबल , लाङाली मुबाइल पसल, थापा ईन्टरप्राइज लगायतको रहेका छ्न भने मिडिया पार्टनरमा नयाँ अनलाइन ,मुग्लान डटकम,हमार सनेश ड्टकम रहेका छ्न।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu