यो बर्ष थारु माघी महोत्सव उपत्यकामा एकै ठाउँमा गर्ने थाकसको निर्णय

Tuesday, 2 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

थारु कल्याणकारिणी सभाले राजधानीमा मनाउने राष्ट्रिय माघी महोत्सवको संयोजन लिने निर्ओय गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय माघी महोत्सव २०७४ एकै ठाउँमा मनाउने निर्णय गरेको थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरीले जानकारी दिए।त्यसका लागि केन्द्रीय समितिले आइतबार सबै स‌ंघसंस्थाका प्रतिनिधिहरुको बैठक आह्वान गरेको  बैठकले उपसमितिहरु समेत चयन गर्न सफल भएका छ्न।

माघी महोत्सव एकै ठाउँमा मनाउन देश विदेशबाट केन्द्रीय समितिलाई दबाब आएको थियो। राजधानीमा बसेका युवाहरुले प्रेसर ग्रुप नै बनाएर उपत्यका समितिले संयोजन लिनुपर्ने माग गर्दै आएको थियो। उपत्यका समितिले महोत्सवको रकम पारदर्शी नगरेको भन्दै थारु विद्यार्थी समाजले विगत दुई वर्षदेखि छुट्टै माघी महोत्सव मनाउँदै आएको थियो।

माघी महोत्सव एकै ठाउँमा हुनुपर्छ भन्दै बनाइएको युथ प्रेसर ग्रुपले थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यालयमा केही दिन अगाडि तालाबन्दी समेत गरेका थिए। विमल चौधरी नेतृत्वमा रहेको टोलीले केन्द्रीय कार्यसमितिलाई महोत्सव एकै ठाउँमा मनाउन अल्टिमेटम दिएपनि नटेरेको भन्दै केही दिन अगाडि शनिबार साँझ तालाबन्दी गरेको थियो।

विगत दुई वर्षदेखि थारु विद्यार्थी समाज र थारु कल्याणकारिणी सभाको उपत्यका समितिले माघी छुट्टाछुट्टै माघी महोत्सव मनाउँदै आएका छन्। उपत्यका समितिले महोत्सवको रकम पारदर्शी नगरेको भन्दै दुई वर्ष अगाडि विद्यार्थी समाजले खुलामञ्चमा माघी आयोजना गरेको थियो। गत वर्ष भने दुबै समूह टुडिखेलमा आधा आधा भाग बाँडेर महोत्सव आयोजना गरेका थिए।
देशमै गठबन्धनको महोल बनिरहेको बेला थारुहरु पनि एकताको सन्देश दिनुपर्ने भन्दै समूहले एकै ठाउँमा माघी महोत्सव हुनुपर्ने आवाज उठाएको विमल चौधरीले जानकारी दिए। उनले आफू आबद्ध रहेको थारु विद्यार्थी समाजलगायत आयोजक संघसंस्थाहरु लचिलोसमेत रहेको बताउनु भएको थियो।
केहि दिनअघि थाकस अध्यक्ष धनिराम चौधरीको पहलमा दुबै टोलीबीच अबेर रातिसम्म वार्ता भएको थियो। वार्तामा एकै ठाउँमा माघी मनाउने लिखित सहमति गरिएको थियो। तर उपत्यका समितिका सुमन चौधरी र केन्द्रीय उपाध्यक्ष प्रेमीलाल चौधरीले सहमति पत्रमा हस्ताक्षर नगरेको गुनासो चौधरी सहित सिङ्गो थारु युवा प्रेसर ग्रुपले गरेका थिए।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu