नबिने चौधरी,,
सोमवार | मलेसियाको राजधानी क्वालालम्पुर स्थित ग्रेण्ड कन्टिनेन्टल होटलमा नेपाली सितोरियो कराते संघ मलेसियाद्वरा आयोजित sports award 2017 मा मलेसियाको इतिहासमै पहिलो चोटि थारु समुदायबाट ट्रफी,सम्मानपत्र सहित सम्मानित भएका छ्न।
सम्मानित हुनेमा घनश्याम चौधरी उर्फ आर एन चौधरी थारु रहेका छ्न।
को हुन त सम्मानित हुने नयाँ नेपाली थारु युवा घनश्याम चौधरी उर्फ आर एन चौधरी थारु ?
अहिलेको परिवेशमा थारु समुदायमा प्रख्यात युवाहरु मध्य चर्चामा आइ रहने नाम हुन आर एन चौधरी थारु।
बारा जिल्ला कोल्हबी नगरपालिका वडा नम्बर १ निवासी आर एन चौधरी थारु स्वर्गीय बुवा जयकान्त चौधरी र आमा कान्ति देवि चौधरीको कोखबाट २०५२ साल साउन १४ गते मंगलबारकबारको दिन जन्मेको हाल २२ बर्षको घरको जेठो छोरो हुन।उनका घरमा हाल हजुर बुवा,आमा,एक २० बर्षका भाइ र एक जना बहिनी रहेका छ्न।
जिल्लाको कोल्हबी नगरपालिकामा पर्ने बभनी भन्ने गाउँमा जन्मेका चौधरीलाई स्यानै देखि राम्रो शिक्षा हासिल गर्ने,पढ्ने इच्छा हुँदा हुँदै पनि पारिवारिक स्थिति एकदमै कमजोर रहेको गरिबीको कारण सोचे बमोजिम पढ्न नपाएको बताउनु हुन्छ उहाँले।
स्वास्थ स्थिति खराब भैइ बिगत १२ बर्ष पहिला बिरामि परेर बुवा जयकान्त चौधरीको निधन भए पश्चात् घरको जेठो छोरो भएको नाताले सम्पुर्ण जिम्मेवारी चौधरीको काध माथी थपिएको हो ।
एस एल सि सम्म अध्यन गरेका चौधरी यसो त पढाईमा खासै अब्बल थिएन , तर शिक्षाको लागी राम्रो बाताबरण पाएको भए उच्च शिक्षा हासिल गर्ने लक्ष्य समेत नलिएको हैन उनले ,बिडम्बना ! बुवाको स्वर्गारोहनको पीडा सेलाउन नपाउदै दु:ख परेको बेलामा अझै दु:ख थपिदै गैरहेको थियो उहाँ र उहाँको परिवार माथी,भनिन्छ यहाँ हाम्रो समाजमा ,,केटा केटि जस्तो स्वभाव भएको मानीसको संगतमा हुन्छ उस्तै बन्छ रे! हो १५,१६ बर्षको उम्मेरमा गाउँका बिग्रेको ठिटोहरु संगको संगतमा लागेर खराब काम कुराहरु गर्न समेत पछि परेनन चौधरी! करिब करिब १७ बर्षको उम्मेरमा पारिवारिक स्थिती बलियो बनाउने केही आर्थिक जुटाउने सोचका साथ स्यानो १० धुरमा बनेको घर,आमा,हजुरबुवा,र भाइ बहिनीलाई छोडेर नातामा पर्ने दाजु संग बजारको घरमा इलेक्ट्रोनिक पसल चलाउदै बस्न बाध्य भएका थिए ।हुन त चौधरीका नातेदार दाजुले पढ्न नजानु भनेन तर कमजोर पारिवारिक स्थिति सम्झेर पढ्न रुचि लाग्न छोडी सकेका थिए ।राम्रै बाताबरणमा करिब करिब डेढ बर्ष नातेदारको दाजु संग बसे पश्चात् इलेक्ट्रोनिकको क्षेत्रमा औधी रुचि राख्ने ,कम्प्युटर चलाउन रुचाउँने चौधरीलाई त्यहि दाजुले नै बारा जिल्लाको एउटा प्रचलित रेडियोमा प्राबिधिकको रुपमा काम गर्ने अवसर जुराइ दिए ,त्यो कामको अवसर आएको समाचार सुन्ने बितिक्कै खुसी नै थिए र खुसी साथ करिब १ बर्ष सम्म रेडियो परिसर भित्र बसेर काम पनि गरे उनले तर त्यो खुसी पनि धेरै दिन टिक्न सकेनन , चली आएको रित हो जहाँ मानिसले अगाडि बढ्ने कोसिस गर्छन त्यहा खुट्टा तान्नेहरुको पनि कमि हुदैन ।।यता उमेर संग संगै पारिवारिक जिम्मेवारी पनि बढ्दै गैइरहेको थियो उ माथी ,भने बमोजिम ,सोचे बमोजिम पारिक्ष्रमिक नपाउदा केही क्षणको लागी आएको सुख पनि दु:खमा परिणत हुन थालेको थियो ।जीवन अन्धकारमै लाग्न थालेको थियो।
