पाँचौं खिचरा महोत्सव २०७४’ आज साँस्कृतिक संयोजक जयेश चौधरी को पूर्व देखि पश्चिम सम्म का कलाकार को रौनक द्वारा (सोमबार) बाट सकिएको छ ।

Monday, 22 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

पाँचौं खिचरा महोत्सव २०७४’ आज साँस्कृतिक संयोजक जयेश चौधरी को पूर्व देखि पश्चिम सम्म का कलाकार को रौनक द्वारा (सोमबार) बाट सकिएको छ ।

चितवन, माघ ८
“राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान” भन्ने नारासहित पुस २८देखि सुरु भएको खिचरा महोत्सव आज विधिवत रुपमा समापन गरिएको हो ।
खैरहनी नगरपालिका–५ स्थित जनकौली गौचरन आज भएको समापन समारोहमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका अध्यक्ष कृष्ण डल्लाकोटीले यस महोत्सवले थारु कला सँस्कृति जर्गेना गर्न महत्वपूर्ण भुमिका खेलेको भन्दै आगामि दिनमा अझै पनि व्यवस्थित रुपमा महोत्सव संचालन गर्नुपर्नेमा जोड दिनुभयो । समापन कार्यक्रममा स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदी, नेकपा एमालेका नेता झगरु चौधरी, महोत्सवका समन्वय समितिका संयोजक टिकेन्द्र चौधरी, चितवन उद्योग संघका सदस्य गजेन्द्र अधिकारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अतिथि सत्कार समितिकी संयोजक चन्द्रकुमारी चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा महोत्सवका प्रमुख मुख्य प्रायोजक, सह–प्रायोजकलगायतलाई मायाको चिनो प्रदान गरिएको थियो । समापन समारोह महोत्सव मुल समारोह समितिका संयोजक नारायणप्रसाद महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।
थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ ले थारु सँस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको महोत्सवमा प्रतियोगितात्मक थारु साँस्कृतिक घरेलु हस्तकला र कृषि प्रदर्शनी समेत गरिएको थियो । महोत्सवमा आकर्षणको रुपमा थारु जतिको मूख्य खानाको परिकार मध्येको ‘घोङघी’ र ‘चिचर’को ५ फिटको विशाल मूर्ती प्रदर्शनमा राखिएको थियो ।
महोत्सवमा २ सय बढि स्टलहरु रहेका थिए । महोत्सवमा करिव २ लाख दर्शकले अवलोकन गरेको लक्ष्य नजिक आर्थिक कारोबार भएको महोत्सव मुल समारोह समितिका संयोजक नारायणप्रसाद महतोले जानकारी दिनुभयो । महोत्सवमा करिव १० करोडको कारोबार गर्ने लक्ष्य राखिएको थियो । महोत्सवमा आउने दर्शकहरुको टिकटमा ३५ हजार रुपैयाँ बराबरको बम्पर उपहार स्वरुप पलङ राखिएको थियो भने प्रत्येक ५० रुपैयाँको टिकटमा २५ रुपैयाँ बराबरको एक थान पल्पी जुस उपहारको व्यवस्था गरिएको थियो ।
महोत्सवमा चर्चित गायकहरु प्रमोद खरेल, शिव परियार, मिलन अमात्य, कमल खत्री, संजय चौधरी, पशुपति शर्मा, मिलन लामा, मनोज महतो, दुर्गा सापकोटा, सुरेश लामा, राज कुश्मी, अन्जु कुश्मीलगायत कलाकारहरुले जोडदार प्रस्तुती दिएका थिए ।

साँस्कृतिक संयोजक जयश चौधरी(खिचरा महोत्सव को रौनक का योद्धा )
पशुपति शर्मा र थारु गायक/गायिकाले झुमाए दर्शक
खिचरा महोत्सवको अन्तिम दिन आज चर्चित लोकदोहोरी गायक पशुपति शर्मा र गायिका दुर्गा सापकोटाले दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका छन् ।
आज अन्तिम दिन दर्शकहरुको उल्लेखीय उपस्थिति रहेको थियो । गायक शर्माले मलाई अमेरिका यही,झम झम दर्कियो पानीलगायत आधा दर्जन भन्दा बढि गीत गाउँदै दर्शक झुमाएका थिए । यस्तै दुर्गा सापकोटाले पनि थुप्रै चर्चित गीत गाउँदै दर्शकहरुलाई मनोञ्जन दिलाए ।

यसैगरि आज नै चर्चित थारु गायक राज कुश्मी र गायिका तथा मोडेल अञ्जु कुश्मीले दर्शकहरुलाई नचाएका थिए । उनीहरुले गीत मात्र नभई नृत्य मार्फत पनि दर्शकहरुलाई मनोरञ्जन दिलाएका छन् ।
यस्तै आज रत्ननगर कला मन्दिरको नृत्यसंगै थारु नाच प्रस्तुत गरिएको थियो ।
पशुपति शर्मा र थारु गायक/गायिकाले झुमाए दर्शक
खिचरा महोत्सवको अन्तिम दिन आज चर्चित लोकदोहोरी गायक पशुपति शर्मा र गायिका दुर्गा सापकोटाले दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका छन् ।
आज अन्तिम दिन दर्शकहरुको उल्लेखीय उपस्थिति रहेको थियो । गायक शर्माले मलाई अमेरिका यही,झम झम दर्कियो पानीलगायत आधा दर्जन भन्दा बढि गीत गाउँदै दर्शक झुमाएका थिए । यस्तै दुर्गा सापकोटाले पनि थुप्रै चर्चित गीत गाउँदै दर्शकहरुलाई मनोञ्जन दिलाए ।यसैगरि आज नै चर्चित थारु गायक राज कुश्मी र गायिका तथा मोडेल अञ्जु कुश्मीले दर्शकहरुलाई नचाएका थिए । उनीहरुले गीत मात्र नभई नृत्य मार्फत पनि दर्शकहरुलाई मनोरञ्जन दिलाएका छन् ।
यस्तै आज रत्ननगर कला मन्दिरको नृत्यसंगै थारु नाच प्रस्तुत गरिएको थियो ।
पाँच पत्रकार सम्मानित
चितवनका पाँच जना पत्रकार सम्मानित भएका छन् । खिचरा महोत्सव आयोजक समितिले महोत्सवको प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार सन्तकुमार चौधरी, राजु चौधरी, ध्रुवराज खनाल, राजेन्द्र आचार्य र अनिल कुवँरलाई नगद ५ हजार रुपैयाँसहित सम्मान पत्रले सम्मान गरिएको हो ।
पत्रकारहरुलाई समापन समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका अध्यक्ष कृष्ण डल्लाकोटी र महोत्सव मुल समारोह समितिका संयोजक नारायणप्रसाद महतोले नगद र सम्मान पत्र प्रदान गरे ।
यसैबीच पत्रकार राजु चौधरीले आफूले पाएको नगद सम्मानलाई सञ्जीत महतो राहत कोषलाई प्रदान गर्नुभएको छ । सम्मान पाए लगत्तै पत्रकार राजु चौधरीले सञ्जीत महतो राहत कोषका संयोजक शरद कुमार महतोलाई नगद ५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो । सञ्जीत महतो थारु आन्दोलनका घाईते हुन् । उनको अहिले उपचार पछि घरमा आराम गरिरहेका छन् । उनको परिवारिक गुजाराका लागि राहत कोष मार्फत सहयोग जुटाउने काम भईरहेको छ ।
यस्तै खिचरा महोत्सवले सञ्जीत महतो राहत कोषलाई आज नै ३१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । महोत्सवका संयोजक नारायणप्रसाद महतोले राहत कोषका संयोजक शरदकुमार महतोलाई चेक हस्तान्तरण गर्नुभयो । यस्तै १२ वर्षीय रोनिश चौधरीलाई समेत सम्मान गरिएको छ । सानो उमेरमै खिचरा महोत्सवको भिडियो विज्ञापन बनाउन सफल भएको भन्दै उनको सिर्जनशीलतालाई मूल्यांकन गर्दै प्रचार–प्रसार समितिले सम्मान पत्रले सम्मान गरेको हो ।
सेल्फी फोटो प्रतियोगितामा एलिसा प्रथम
खिचरा महोत्सवको अवसरमा आयोजित सेल्फी/फोटो प्रतियोगितामा रत्ननगर नगरपालिका–४ की एलिसा चौधरी प्रथम भएकी छिन् ।
खिचरा महोत्सव परिसरमा सेल्फी खिचेको तस्विर महोत्सवको अफिसियल फेसबुक पेजमा राख्दा एलिसाको सर्वाधिक लाईक र शेयर भएको थियो । प्रथम भएकी एलिसाले प्रथम पुरस्कार स्वरुप सामसुङ मोबाईल पाएकी छिन् । यस्तै प्रतियोगितामा रत्ननगर–७ का शरद कुमार महतोले दोस्रो हुनुभएको छ । उहाँले पनि मोबाईल पुरस्कार पाउनुभएको छ । प्रतियोगितामा खैरहनी–७ का आयुस धिताल तृतीय भएका छन् ।
२४४९४ टिकट नम्बरलाई बक्स पलङ उपहार
खिचरा महोत्सव हेर्न पुगेका एक जना दर्शकले बक्स पलङ उपहार पाएका छन् । आज अन्तिम दिन साँझ चर्चित गायक पशुपति शर्माले तानेको गोलाबाट टिकट नम्बर २४४९४ लाई बक्स पलङ उपहार परेको हो । सम्बन्धित दर्शकले सो पुरस्कार प्राप्त गर्न टिकटको अर्थकट्टीसहित खिचरा महोत्सव सचिवालमा खबर गर्न आयोजकले जनाएको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu