थारु विद्यार्थी सभा मकवानपुर जिल्लाको प्रथम अधिबेशन भब्य सप्पन्न

Sunday, 11 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हेटौंडा:=थारु कल्याणकारणी सभा मकवानपुर जिल्लाका सभापति हरिलाल चौधरीको सक्रियतामा थारु विद्यार्थीहरुलाइ सङगठित गर्दै थारु विद्यार्थी सभा मकवानपुर जिल्लाको प्रथम अधिबेशन भब्य सप्पन्न भएको छ।अधिवेसनको सभापती राजेश चौधरीको सभापतित्वमा भएको थियो भने कार्यक्रमको प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका उप मेयर तथा आदिवासी जनजाती महासङका केन्द्रिय सदस्य मिना लामा रहेकी थिइन । सो अधिवेसनमा बिशिस्ट अतिथिमा थाकसका केन्द्रिय सद्स्य जानकी चौधरी र थारु विद्यार्थी सभाका केन्द्रिय संस्थापक अध्यक्ष संजय  थारु रहेका थिए ।

कार्यक्रममा थारु सान्सकृतिक नृत्य प्रदशन गर्नुका साथै बिद्यार्थीहरुलाइ प्रशिक्षण पनि थारु विद्यार्थी सभाका सचिवालय सद्स्य रोबिन चौधरीले गरेको थियो । अधिवेशनमा सर्व सहमतिबाट राजेश चौधरीको अध्यक्षतामा २५ सद्स्य समिती निर्वाचित भएको कार्यक्रममा प्रमुख अतिथी लामाले थारु बिद्यार्थी सभा मकवानपुर जिल्ला समितिलाइ हरेक तवरले सहयोग गर्ने बाचा दिदै अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।

अधिवेशनबाट उपाध्यक्षमा निरा चौधरी ,सचीवमा अ्मित कुमार चौधरी ,सहसचिवमा पृयङ्का चौधरी ,निलम चौधरी ,नबिन चौधरी र कोषाध्यक्षमा मनिता चौधरी निर्वाचित भएका छन । कार्यक्रम सफल पार्नको लागि थाकस मकवानपुर जिल्ला सभापती हरिलाल चौधरीले आर्थिक देखि नैतिक ,भौतिक सबै तरिकाले सक्रिय भएर विद्यार्थीहरुलाइ सहयोग गरेको थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu