साहित्य चौतारी नेपाल,मलेसियाको चौथो बार्षिक उत्सव तथा विशेष बृहत कार्यक्रम -2018 भब्यताको साथ सम्पन्न

Sunday, 11 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

आर एन चौधरी थारु,,
फेब्रुअरी १२ तारिख/सोमबार/मलेसिया:=साहित्य चौतारी नेपाल, साखा मलेसियाले आफ्नो चौथो बार्षिक उत्सव तथा विशेष बृहत कार्यक्रम -2018 भब्यताको साथ सम्पन्न गरेका छ्न।
आइतबार मलेसियाको राजधानी क्वालालम्पुर स्थित गोर्खा रेष्टुरेन्टको प्राङ्गणमा संस्थाका अध्यक्ष डिल्ली प्रसाद छत्कुलीको सभापतित्व तथा एन आर एन मलेसियाका संरक्षक भवानी शँकर तिवारीको प्रमुख आतिथ्यता,विश्व नेपाली साहित्यिक महासंघ तथा साहित्यिक चौतारी नेपाल मलेसिया साखाका संरक्षक जिवण देवान गाउँले तथा विभिन्न संघसंस्थाका प्रतिनिधि,साहित्यकार,पत्रकार आर एन चौधरी थारु,लगायत दर्शकहरुको भब्य उपस्थितिमा सो साहित्यिक कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथी भवानी शँकर तिवारीले प्रमुख अतिथिको आसन ग्रहनबाट बोल्दै यहाँ मलेसियामा रहेका साहित्यकारहरुलाई अगाडि बढाउन आफू सधै तत्पर रहने सक्दो सहयोग गर्ने भन्नु भयो।
कार्यक्रममा उपस्थित संघसंस्थाका प्रतिनिधिहरु,पत्रकारहरुले साहित्य चौतारी नेपाल,मलेसियाको चौथो बार्षिक उत्सवको अवसरमा सफलताको निम्ति शुभकामना मन्तव्य ब्यक्त गरेका थिए।सो साहित्यिक कार्यक्रमको संचालन संस्थाका कोषाध्यक्ष रेशम रसिक तथा सचीव कमल सरोवरले गर्नु भएको थियो भने उद्घाटन कार्यक्रमका प्रमुख अतिथी भवानी संकर तिवारी र सभापति डिल्ली प्रसाद छत्कौलीले संयुक्त रुपमा दिप प्रज्वलन गरि गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित साहित्यिक सर्जकहरुले नेपाली लोक दोहोरी गितमा घम्सा घम्सिको साथ साथै नृत्य पनि प्रस्तुत गरेका थिए भने प्रवास मलेसियामा बसेर पनि साहित्य क्षेत्रमा योगदान पुर्याए बापत,कलम चलाए बापत साहित्यकारहरु क्रमशः जगत खडका दोल्खाली ,दिपक खड्का,डिल्ली प्रसाद छत्कुली,कमल सरोवर ,अमर बिष्ट ,गजेन्द्र प्रसाद अवस्थी ,सुरेन्द्र बुर्लाकोटी,सुगम थापा मगर,अस्मिता शर्मा सुवेदी,लगायतको लाई कार्यक्रमका प्रमुख अतिथी विशेष अतिथी र सभापतिले दोसल्ला ओढाइ सम्मान पत्र सहित सम्मानित समेत गरेका थिए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu