सहकर्मी,
सैलेन्द्र चौधरी/किशोर चौधरी सरिखा,,
नाइटिङ्गेल स्कुलले सोमबार आफ्नो रजत जयन्ती महोत्सब २०७४ ललितपुरको लगनखेलस्थित आर्मी कल्बमा भव्य रुपमा समापन गरेका छन् । नाइटिङ्गेल स्कुलले यो २५ बर्ष पुरा गरेका छन् । स्कुलले शुन्यबाटै शुरु गर्यो र अहिले यो स्थानसम्म आईपुग्न विभिन्न अड्चनलार्ई पार गर्दै यो स्थान हासिल गरेको छ ।
४०, ५० जना विद्यार्थी र आधा दर्जन विद्यार्थीलाई लिएर २०४९ सालमा स्थापना भएको नाइटिङ्गेल स्कुलको । धुलाम्मे र सानो टहरोबाट शुरु भएको नाइटिङ्गेल सामु थुप्रै चुनौतीहरुको बाबजुद पनि विद्यार्थीलाई गुणस्तरिय शिक्षा दिनका लागि कहिबाट पनि चुकेन विद्यालय र विद्यालय प्रशासन । नाइटिङ्गेल स्कुलबाट गुणस्तरीय शिक्षाका लागि यस स्कुलका संस्थापक अध्यक्ष एवं बर्तमान युवा तथा खेलकुल राज्यमन्त्री तेजुलाल चौधरी जीवन नै समर्पण गरे भन्दा कत्ति पनि फरक पर्दैन् ।
आज नाइटिङ्गेल जुन स्थानमा छ त्यो देन चौधरी कै हो भन्दा कति पनि फरक पर्दैन् । तेजुलाल चौधरी शिक्षालाई व्यवसाय भन्दा पनि गुणस्तर र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने नै उनको चाहना थियो । त्यसैले त आज सबै अभिभावको आँखामा परेको छ नाइटिङ्गेल स्कुल र आफ्नो छोराछोरीको भविष्य खोज्दै पुग्छ नाइटिङ्गेल स्कुलको गेटमा । अहिले शिक्षा क्षेत्रमा ठुलै फड्को मारेको छ नाइटिङ्गेल स्कुलले । यो २५ बर्षमा एउटा शिक्षण संस्थाको रुपमा मात्र नभएर नेपाल भरिमै शिक्षा क्षेत्रको ब्राण्डको रुपमा स्थापित शिक्षण संस्था पनि हो ।
आज २५ औं बर्ष पार गर्दै गर्दा पुर्वप्राथमिक देखि प्लस टू, प्रवीणता प्रमाणपत्र तहको निर्सिङसम्म नाइटिङ्गेलका शाखाहरु विभिन्न ठाउमा विस्तार समेत भईसकेको छ । शिक्षामा नवीन चिन्तनका साथ सिकाएर पढाउने तथा गराएर बुझाउने पद्धतिमा अगाडी बढ्दै सिद्धान्तप्रति कटिबद्ध रहेको छ नाइटिङ्गेल । नाइटिङ्गेल स्कुलबाटै २ हजार जना विद्यार्थीहरु बोर्डमा प्रथम स्थान सहित एस.एल.सी. तथा एस. ई. ई. मा सर्बोत्कृष्ट नतिजा दिलाएको छ । आज यही नाइटिङ्गेल स्कुलबाट पढेर गएका विद्यार्थीहरु सफल विशेषज्ञ डाक्टर, इन्जिनियर, पाइलट, वकिल, म्यानेजर, सिइयो, अनुसन्धानकर्मी, प्रहरी तथा सैन्य अधिकृत, कलाकर्मी, व्यवसायी बनेका छन् ।
नेपाल सरकारले नाइटिङ्गेल स्कुललाई राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट विद्यालयको रुपमा घोषणा गरेर राष्ट्रिय ध्वज, शिल्ड तथा नगद पुरस्कारबाट विभुषित गरेको छ । नेपालमा स्थापित विद्यालयहरुमा एउटा छुट्टै पहिचान बनाएको नाइटिङगेल स्कुलले थुप्रै शिक्षा क्षेत्रमा नया“ रेकर्ड पनि कायम गरेको छ । कार्यक्रममा उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षाको क्षेत्रमा नाइटिङ्गेल स्कुलले एउटा युग पार गरेको बताए । उनले नाइटिङ्गेल स्कुल प्रभावकारी र गुणस्तरीय शिक्षामा सधैं ध्यान दिएको पनि बताए । श्रेष्ठले दिइरहेको गुणस्तर शिक्षामा कुनै सम्झौता पनि नगर्न आग्रह गरे ।
कार्यक्रममा नाइटिङ्गेल स्कुलका संस्थापक अध्यक्ष एवं बर्तमान युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले अगामी दिनमा पनि यसको साख गिर्न नदिने प्रतिवद्धता जनाएको छ । उनले लगातार राष्ट्रिय पुरस्कार पाउने एकमात्र स्कुल नाइटिङ्गेल भएको समेत जानकारी दिए । उनले अब नाइटिङ्गेल स्कुलबाट थप विषयहरु ल्याएर विद्यार्थीहरुलाई थप आकर्षित गर्ने बताए । साथै सो विद्यालयका प्रिस्सिपल रञ्जना प्रधानले स्थापना कालदेखि विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन प्रयासरत रहेकाले पनि आफ्नो विद्यालय देशभरमा उत्कृष्ट हुन सफल बनेको बताए । रजत जयन्तीको अवसरमा २५ बर्षदेखि नाइटिङ्गेल स्कुलमा आवद्ध शिक्षक र शिक्षिकालाई नगद २५ हजार र योगदानको कदर गर्दै सम्मान गरेको छ । त्यस्तै उत्कृट विद्यार्थी र कर्मचारीहरुलाई पनि नगद सहित सम्मान गरेको छ । रजत जयन्तीको अवरमा सातै प्रदेशको कला संस्कृति झल्किने विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।।
