सांसद रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले किन जेल पठाएछ ? जनता जान्न चाहन्छ्न्।

Wednesday, 28 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सांसद रेशम चौधरीलाई सम्मानित जिल्ला अदालत कैलालीले किन जेल पठाएछ? जनता जान्न चाहन्छ्न्।

कुनैपनि दोष प्रमाणित हुन निम्न कुराको आवस्यकता पर्दछ।
——————————————————————
१- देख्ने जान्ने साक्षी :- कैलाली टिकापुर क्षेत्र नम्बर १ टिकापुरमा घटेको घटनालाई प्रतक्ष देख्ने जान्ने र सुन्ने, घटनास्थल वरिपरिका चौतिस हजार तिनसय एकचालीस जनता, कानुनी भाषामा साक्षिले रेशम चौधरी उक्त घटनाको दोषी हैन र थिएन भनेर आफ्नो अभिमत द्वारा बयानदिई सके, अब सम्मानित अदालतले कुन साक्षिलाई आधार मानेर उहाँलाई जेल पठायो जनता जान्न चाहन्छ्न्।

२-अभियोग पुष्टि हुने सवुत-प्रमाण:- उक्त घटनामा रेशम चौधरीको प्रत्यक्ष-अप्रत्यक्ष कुनै किसिमको सम्लग्नता भएको हाल्सम्म कुनै भरपर्दो प्रमाण फेला परेको छैन। प्रहरीमाथि प्रयोग भएका प्राप्त विभिन्न हतियारमा के रेशम चौधरीको औठाछाप छ? के रेशम चौधरीको घर वा उहाँको साथवाट बरामद भए? के २ बर्षका वच्चालाई गोली लागेको एसएल्आरको राइफल रेशम चौधरीको साथमा फेला पर्यो..? उक्त राइफलमा रेशम चौधरीको फिङ्गरप्रीट छ? हैन छैनभने सम्मानित अदालतले कुन के प्रमाणको आधारमा रेशम चौधरीलाई जेल पठायो जनता जान्न चाहन्छ्न्।

३-घटनास्थलको प्रकृति मुचुल्का:- घटना स्थलको प्रकृति मुचुल्काले, प्रहरी वरिष्ठ उपरिक्षक सहित ७ जना सुरक्षाकर्मि र एकजना २ वर्षे वच्चाको हत्याको घटना,रेशम चौधरीले नभै,उक्तदिनको थारुहट्प्राप्ति आन्दोलनमा उत्तेजित भिडले गरेको देखिन्छ।
रेशम चौधरी घटनाको दिनमा बर्दियामा भएको, उहाँ पिडक नभएर घटनाको पिडित भएको भनेर, उक्क्त घटना छानवीन गर्न निर्माण भएको,नेपाल सरकार द्वारा सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिषचन्द्र लालको आयोगले भनेको छ,तर सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन। किन गर्न सकेको छैन त्यो कुरा सरकारलाई नै थाहा होला। के त्यही आयोगको प्रतिवेदनको आधारमा रेशम चौधरीलाई जेल पठाइएको हो? जनता जान्न चाहन्छ्न्।

४- अभियुक्तका साविती बयान :- अभियोग लागेका साम्सद रेशम चौधरीले उक्त आरोप नेपाली जनता, विभिन्न मिडिया, समाजिक सन्जाल र स्वयम् सम्मानित अदालतमा उपस्थित भएर उक्त आरोप अस्विकार गर्नु भएको छ।
अनि केको आधारमा सम्मानित अदालतले साम्सद रेशम चौधरीलाई जेल पठायो? जनता जान्न चाहन्छ्न्।
      
         (सँघिय लिम्बुवान मन्च तेह्रथुम)

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu