चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला भलिबलमा चितवनको पदमोदय युवा क्लबको सहभागिता
काठमाण्डौ, फागुन 16
काठमाण्डौमा 13 गते बाट
सुरु भयको चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला र पुरुष भलिबल प्रतियोगितामा चितवनको पदमोदय युवा क्लब बाट केवल थारु महिला खेलाडी को टिम ले पनि सहभगिता जनाएको छ । नेपाल भलिवल संघको आयोजनामा भयको
प्रतियोगितामा चितवनको १ टिम सहित ७ वटा क्लबको सहभागिता रहेको छ । प्रतियोगितामा २ ग्रुप बनाइएको छ । समूह ‘ए’मा शिबम न्यु डायमण्ड काठमाण्डौ , ढोरपाटन क्लब , त्रिभुबन आर्मी र पद्मोदय युवा क्लब छन् । समूह ‘बि’ मा भने नेपाल पुलिस क्लब , जावलाखेल र ससस्त्र प्रहरीको एपीएफ क्लब छन् ।
चितवनको भलिवलमा छुट्टै पहिचान बनाउन सफल पद्मोदय युवा क्लबले महिला तर्फको खेलमा सहभागिता जनाएको पद्मोदय युवा क्लबका अध्यक्ष रामहरि सेढाईले बताउनु भयो । राम्रो खेल खेल्दै आएका चितवनका उत्कृष्ठ खेलाडि सहित पद्मोदय युवा क्लबले सहभागिता लिएको सेढाईको भनाइ छ । पद्मोदय युवा भलिवलको महिला टिम कोचका रुपमा बाबुराम महतो र टिम म्यानेजरका रुपमा सुर्य गुरुङ हुनुहुन्छ । टिमको प्रायोजन बिमल सिंह एण्ड गुरुङ फर्मले गरेको छ । क्लबका संरक्षक समेत रहनुभएका बिमल सिंह ठकुरीले पछिल्लो समय चितवनको खेलकुद विकासको लागी योगदान गर्दै आउनु भएको छ ।
केवल 13 बर् देखि 19 बर्ष सम्मका चितवन को टिम केवल थारु बहिनी हरु को मात्र रहेको थ्यो । र केवल 6थ पोजिसन मा छिर्नु पर्ने मा 5थ भयर आगामी हरेक रास्तृय गेम मा सहभागी हुन पाउने भयका छन ।
Some of snaps ...
Game : Coverage
Chanchal chaudhary



