~~गजल ~~
खुशी कतै थोकमा कतै फुट्करमा भेटिन्छ
यहाँका मान्छेहरुको मन पत्थरमा भेटिन्छ
~~
श्रीमती र छोराछोरी बाढीले बगाएको हो
अचेल ऊनीहरुको तिर्सना बगरमा भेटिन्छ
~~
एउटा पीडाको पर्खाल छ हाम्रो कर्णालीमा
अर्को पर्खाल स्वयंम मेरा नजरमा भेटिन्छ
~~
अभाव छ हाम्रो गाउँमा त नुन तेल पाइदैन
जोबन किन्ने पसल तिम्रो शहरमा भेटिन्छ
~~
यहीँ रहेछ समावेशी समानुपातिक भनेको
पत्नी अरबमा भेटिन्छे पति घरमा भेटिन्छ
~~
लेखक:=रेशम रचित
