आर एन चौधरी थारु,,
नेपाली काङ्ग्रेस जनसम्पर्क समिति मलेसियाले हिजो आइतबार "चियापान तथा जोहर क्षेत्रीय समिती बिस्तार" नामक कार्यक्रमको आयोजना गरि जोहोर क्षेत्रीय तदर्थ समिति गठन गरेको छ। नेपाली काङ्ग्रेस जनसम्पर्क समिति जोहर क्षेत्रीय प्रदेशमा गोविन्द लिम्बुको अध्यक्षतामा सो कमिटी गठन गरि १० जना सदस्यहरु पनि चयन गरिएको जनसम्पर्क समिती मलेसियाका केन्द्रिय महामन्त्री योगेन्द्र कोइरालाले जानकारी गराउनु भयो ।
क्रमशः नेपाली काङ्ग्रेस जनसम्पर्क समिति मलेसिया क्षेत्रीय समिति जोहोरमा चयन हुनु भएका पदाधिकारीहरुको नमावली निम्न प्रकारको रहेको छ।
१) गोबिन्द लिम्बू := सभापति
सदस्यहरुमा :=
गणेश श्रेष्ठ,गगन बहादुर भाट,राम कुवर ,बिकाश तामाङ,ज्ञानु ,हिक्मत महत,दिपक कठ्यात,खेम प्रसाद उप्रेती,रुपेश मल्ल,सुनिता शाह लगायतका रहेका छ्न।
नेपाली काङ्ग्रेस जनसम्पर्क समिति,मलेसियाका केन्द्रिय महामन्त्री योगेन्द्र कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिमा नेपाली काङ्ग्रेस जनसम्पर्क समिति,मलेसियाका सभापति चोलाकान्त पङेनी हुनुहुन्थ्यो र विशेष अतिथिमा NRNA, मलेसियाका युवा संयोजक ज्ञानेन्द्र सिंह ठकुरी, नेपाली काङ्ग्रेस जनसम्पर्क समितिका प्रबक्ता बिनोद थापा, NRNA, जोहोर क्षेत्रीय कमिटी,मलेसियाका अध्यक्ष रबिलाल अधिकारी र NRNA जोहोर क्षेत्रीय प्रतिनिधि कुलेन्द्र राई साथै अन्य संघ, सस्थाको प्रतिनिधिहरुको भब्य उपस्थित रहेको थियो।
अस्मिता सुबेदीले संचालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य नब नियुक्त जोहोर क्षेत्रीय राज्यको सभापति गोविन्द लिम्बुले दिनु भएको थियो भने अन्य मन्तव्यमा NRNA,मलेसियाका युवा संयोजक ज्ञानेन्द्र सिंह ठकुरीले शुभकामना साथै जोहोर क्षेत्रमा कार्यकाल सफल होस् भनि स्वागत गरेका थिए भने प्रमुख अतिथी जनसम्पर्क समितिका सभापति चोलाकान्त पङेनीले जोहोर राज्यमा क्षेत्रीय कमिटी बिस्तार गर्नुको कारण नेपाली पीडितहरुलाइ मध्य नजर गरेर गठन गरिएको बताउनु भएको छ। जोहोरबारुमा धेरै नेपालीहरु भएको कारण र क्वालालम्पुर बाट धेरै टाढा भएकोले केहि समस्या परे पनि समाधान गर्न गार्हो पर्ने भएकोले यस कमिटीलाई बिस्तार गरि अबका दिनमा केही समस्याहरु आएमा सजिलै संग सहयोग गर्न सकिने बताउनु भयो ।साथै नयाँ तदर्थ समितिलाई प्रमुख अतिथि चोलाकान्त पङेनीले र विशेष अतिथिले खादा ओढाइ स्वागत गरेका थिए।
