ओलम्पियन तेक्वान्दोका चर्चित खेलाडी दिपक बिष्ट नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान हरि खड्का मलेसियामा सम्मानित

Tuesday, 20 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,,
फेब्रुअरी २० तारिख/मंगलबार/मलेसिया:=फाल्गुन ७ गते हिजो सोमबार प्रजातन्त्र दिवसको अवसर पारेर ओलम्पियन तेक्वान्दो चर्चित खेलाडी दिपक बिष्ट र नेपाली राष्ट्रिय फुटबल टिमका पुर्ब कप्तान हरि खड्कालाई नेपाली प्रवासी सितोरियो कराते संघ र नेपाली सुदुर पश्चिम सेवा समाजले संयुक्त रुपमा मलेसियाको राजधानी क्वालालम्पुर स्थित उग्रतारा रेस्टुरेन्टमा आयोजना गरिएको एक भब्य कार्यक्रमका बिच सम्मान गरेका छ्न।
सम्मान ग्रहन गर्दै पुर्ब फुटबल कप्तान हरि खड्काले बोल्दै भन्नू भयो मलेसियामा रोजगारीको शिलशिलामा  आएर पनि आफ्नो दैनिक कामको बाबजुद विभिन्न समाजिक संघ-सस्था चलाउन धेरै गारो हुन्छ ,कठिनाइको बाबजुद पनि हामीलाई सम्मानित गर्ने यी सस्था र संघलाई धेरै- धैरै धन्यवाद दिनुभएको थियो।कार्यक्रममा बोल्ने क्रममा ओलम्पियन तेक्वान्दो खेलाडी दिपक बिष्टले भन्नू भयो हरेक समाजिक संघसंस्था र NRNA मलेसियाले प्रवासमा रहेको खेलाडीहरुलाइ सक्दो सहयोग गर्नु पर्नेमा जोड दिनु भयो, कामको शिलशिलामा आएर पनि आफ्नो कामलाइ थाती राखेर इन्डोनेशिया, सिङापुर, थाइल्यान्ड साथै अन्य देशमा पुगेर खेलाडीहरुले अन्तर्राष्ट्रिय देशबाट पदक प्राप्त गर्नु हामी नेपालीको लागी ठुलो उपलब्धि हो भन्दै सबै सामाजिक संस्थाहरुले  प्रदेशमा रहेको खेलकुद संघलाइ सबैले सहयोग गर्नु पर्ने बताउनु भएको थियो।
त्यस्तै कार्यक्रममा बोल्दै कराते संघ मलेसियाका अध्यक्ष योगेन्द्र कोइरालाले भन्नू भयो...हामिलाइ मलेशियाको संघ,संस्थाबाट केही सहयोग भए हामी अझै नेपाल देशको तर्फबाट प्रतिनिधित्व गर्दै अझै राम्रो काम गर्ने थियौ भन्नू भयो।

सुदुर पश्चिम सेवा समाज मलेसियाका बरिस्ठ उपाध्यक्ष समीर मल्ल र कराते संघका अध्यक्ष योगेन्द्र कोइराला, दुवैको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि एन आर एन ए मलेसियाका उपाध्यक्ष टेक बहादुर धिक्त हुनुहुन्थ्यो भने अतिथिहरुमा सुदुर पश्चिम सेवा समाजका प्रमुख सल्लाहकार टेक बुढा,  NRNA मलेसियाका कोषध्यक्ष राजु शर्मा , AFC का प्रतिनिधि पुरस्वतम कट्टेल, नेपाली प्रवसी सितोरियो कराते संघका सह-सचीव भिम बहादुर महर, अन्तर्राष्ट्रिय कराते खेलाडी तुलाराम धामी, पुर्ब भलिबल खेलाडी केवल राई , तेक्वान्दो सिनियर कोच केशव भट्ट, लगायत विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको उपस्तिथिती रहेको थियो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu