सहकर्मी,
सैलेन्द्र चौधरी,,
काठमाडौ :=नाइटिङ्गेल स्कुलले आफ्नो रजत जयन्तीको अवसर पारेर ललितपुर महानगरपालीकाका दुई सय जना जेष्ठ नागरिकलाई सम्मान गरेका छन् । सोमबार ललितपुरको कुपण्डोल स्थित नाइटिङ्गेल स्कुलको प्राङ्णमा आयोजित समारोहमा ललितपुर महानगरपालीकाको वडा नम्बर १, २ र १० नम्बर वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नाइटिङ्गेल स्कुलका संस्थापक एवं सांसद तेजुलाल चौधरीले गुणस्तर शिक्षाको लागि नाइटिङ्गेल स्कुलले कुनै सम्झौता नगर्ने बताएका छन् । उनले नाइटिङ्गेल स्कुलले गुणस्तर शिक्षा दिएकै कारण बोर्ड फस्ट, सेकेन्ड र थर्ड स्थान हासिल गरेको दाबी गरे ।
चौधरीले रजत जयन्ती सम्म आइपुग्दा थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको र त्यसको जीवित साक्षिहरुलाई सम्मान गर्नपाउदा निकै हर्षित र खुशी भएको बताए । कार्यक्रममा सम्मानित हुने जेष्ठ नागरिकहरु खुशि व्यक्त गरेका छन् । उनीहरु नाइटिङ्गेल स्कुलले जेष्ठ नागरिकलाई सम्मान गरेर राम्रो कामको शुरुवात गरेको र यसबाट अरुहरु पनि पाठ सिक्नुपर्ने बताए ।