एमालेका पुर्व कार्यकर्ता मनोज ओलीकै पालामा प्रहरी इन्काउन्टरमा मारिए/को हुन मनोज? लिङ्क खोलेर पढ्नुहोस्

Wednesday, 21 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,,
काठमाडौं:=एमालेका पुर्व कार्यकर्ता डन भनेर चिनिएका प्रख्यात गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । पुनका सहयोगि सोम आलेलाई पनि प्रहरीले रुपन्देहीको देवदहमा पुन सँगै इनकाउन्टर गरेको हो ।भारतमा लुकेर नेपालमा हत्याका घटना घटाउँदै अाएका पुन केहीअघि मात्रै नेपाल अाएको सूचना प्रहरीले पाएपछि व्यापक खोजीकै क्रममा पुन इन्काउन्टरमा मारिएका हुन् भनेर आजको अनलाइन संचार माध्यमहरुमा खबर छापिएको छ।

प्रहरीका अनुसार देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट भएको थियो । अाक्रमण गरेर भाग्न खोज्दा जवाफी कारवाही गरिएको प्रहरीले बताएको छ।

को हुन् मनोज पुन ?

एमाले कार्यकर्ता दुर्गा तिवारी हत्या पछि फरार रहेका मनोज पुन पुन रुपन्देही देवदह नगरपालिका २ का बासिन्दा हुन् ।
नेकपा एमालेको युथ फोर्समा रुपन्देही क्षेत्र नम्बर एकका कोषाध्यक्षसमेत भइसकेका पुन रुपन्देहीको देवदह क्षेत्रमा ठेक्कापट्टाको काममा संलग्न भएका थिए। केही समय अघि उनी एमालेको युवा संघबाट कारवाहीमा परेसँगै माओवादीका एक स्थानीय नेतासँग मिलेर ठेक्का पट्टाको काममा संलग्न थिए ।

युथफोर्सबाट निकाल्नमा युथ फोर्सका जिल्ला अध्यक्षसमेत रहेका दुर्गा तिवारीको हात रहेको भन्दै पुनको तिवारीसँगको समबन्ध विग्रिएको थियो । विभिन्न कारोबार गर्दै अाएक तिवारी र पुनबीचको समबन्ध विग्रिएसँगै पुनले उनलार्इ निशानामा पारेका थिए । उनले गत वर्षको पुसमा तिवारीमाथि अाक्रमण गरेकाथिए । जसमा तिवारीको मृत्यु भएको थियो।

त्यसै गरि निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौमा दिन दहाडे हत्या गरिएको थियो ,गौचन हत्यामा पनि पुनको संलग्नता रहेको बताइएको छ ।
खासगरी पुनको समूहले व्यवसायीहरुसँग चन्दा माग गर्ने, नदिए अपहरण र गोली हानेर आतंक मच्चाउने गर्दै आएको प्रहरी भनाइ रहेको छ।

भारतीय अन्डरवर्ल्डसँग कनेक्सन

गुण्डा नाइके पुनको भारतीय आपराधिक सञ्जालसँग समेत ‘कनेक्सन’ रहेको खुलेको थियो ।तिवारी हत्यापछि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका पुनले त्यसयता नै भारतीय आपराधिक सञ्जालसँग सम्बन्ध विस्तार गरेका थिए । र, भारतमा लुकीछिपी बस्ने क्रममा बनेको सम्बन्ध हो त्यो ।

त्यसक्रममा दिल्लीको सुल्तानपुरीका गुण्डा नाइके जोगा भनिने जोगिन्दर सिंहसँग उनले सम्बन्ध मजबुत बनाएका थिए । जोगाले निश्चित रकम लिएर नेपालमा हतियार बिक्री गर्दै आएको स्रोतको भनाइ छ ।‘जोगासँग पुनको निकटको सम्बन्ध हो । त्यो समूहले उसलाई ‘हाई–प्रोटेक्सन’ दिएर राखेको चाहीँ होइन,’ अनुसन्धानमा संलग्न एक अधिकारीले अनलाइनखबरलाई भने, ‘तर, ऊ जोगा समूहसँग ‘किप इन टच’मा थियो ।’

जोगा मुम्बई अन्डरवर्ल्डका डन सन्तोष सेट्टी समूहका विश्वास पात्र हुन् । र, सेट्टी कहिले दाउद इब्राहिम (डी–कम्पनी) त कहिले छोटा राजन समूहसँग निकट रहँदै अहिले आफ्नै ग्याङ तयार पारेर आपराधिक क्रियाकलापमा संलग्न छन् ।पुन पछिल्लो समय डी–कम्पनीसँग नजिक पुगेको शंका थियो । तथापि, उक्त सम्बन्धको जरो खोतल्न प्रहरी असफल देखिएको छ । र, पुन इन्काउन्टरमा मारिएसँगै त्यो पनि रहस्यकै गर्भमा सीमित भएको छ ।

दिल्लीबाट हतियार ओसारपसारमा संलग्न जोगा भनिने जोगिन्दर सिंह र सन्तोष सेट्टी समूहमार्फत् मनोज पुनले मुम्बई अन्डरवर्ल्डसँग सम्बन्ध बनाएको प्रहरी अधिकारीहरु बताउँछन् ।केही प्रहरी अधिकारी भन्छन्, ‘पुनले राम्रो सम्बन्ध बनाएको जोगिन्दर सिंह मुम्बईका डन सन्तोष सेट्टीबाट परिचालित छन् । र, सेट्टीको डीकम्पनीसँग सम्बन्ध छ । उनी दाउद इब्राहिमसँग निकट छन् । त्यसैले पुनको पनि डी–कम्पनीसँग सम्बन्ध हुन सक्ने बताइन्थ्यो

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu