थाकस क्षेत्र नं.७ को सभापतिमा चुडामणी निर्विरोध निर्वाचित

Sunday, 25 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,,
चितवन:=थारु कल्याणकारिणी सभा चितवन (थाकस) क्षेत्र नं.७ को सभापतिमा चुुडामणी चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । आज (शनिबार) पर्सामा भएको छैठौं अधिवेशनबाट चौधरीको नेतृत्व ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिका उपसभापतिमा कृष्ण चौधरी महतो, सचिवमा दिपनारायण राउत, सह–सचिवमाः रामनारायण चौधरी र कोषाध्यक्षमा भिखु चौधरी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा, साउना महतो, बावन महनो, जंगीराम, चौधरी, मंगनी महतो, टुवरी चौधरी र ज्ञानप्रसाद महतो चयन हुनुभएको निवर्तमान अध्यक्ष नारायणप्रसाद महतोले जानकारी दिनुभयो । यस्तै अधिवेशनबाट १३ जना निर्विरोध रुपमा जिल्ला प्रतिनिधिमा निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको अवधि तीन वर्षे कार्यकालको रहने छ ।

यस्तै अधिवेशनको समुद्घाटन खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले गर्नुभएको थियो । सो क्रममा सम्बोधन गर्दै मेयर चौधरीले थाकसले थारुहरुको कला सँस्कृतिकको संरक्षण गर्दै आर्थिक स्तरको सुधारका कार्यक्रमहरु पनि ल्याउनुपर्ने बताउनुभयो । त्यसका लागि नगरपालिकाको पूर्ण सहयोग रहने बताउनुभयो । यस्तै उहाँले खैरहनीका सबै थारु बस्तीमा ब्रहमथान (थारु मन्दिर) पाँच वर्ष भित्रमा निर्माण हुने बताउनुभयो।ब्रहमथान निर्माणका लागि नगरपालिकाले बजेट बिनियोजन गरि सकेको भन्दै यसवर्ष केही स्थानमा निर्माण सुरु गरिने बताउनुभयो । मेयर चौधरीले थाकसलाई भवन निर्माणका लागि जग्गा खोज्न आग्रह गर्दै भवन निर्माणको लागि आफूले नगरपालिकाबाट पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

यस्तै सोही कार्यक्रममा बोल्दै व्यवस्थित बसोबास जिल्ला समिति चितवनका अध्यक्ष जोखाप्रसाद चौधरीले थाकसको जग्ग्गा खोजी र भवन निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले थारु समुदाय आफैमा विभाजित हुँदा विगतमा धेरै समस्या भोग्नु परेको स्मरण गर्दै सबै एक ढिक्का भएर समुदायको उत्थानका लागि लागिपर्नु पर्ने बताउनुभयो ।
उहाँले स्थानीय तहदेखि हरेक क्षेत्रमा थारु समुदायको पहुँच बढ्दै गएको भन्दै भाषा, सँस्कृति संरक्षणका लागि सबै लाग्नु पर्ने बताउनुभयो । उहाँले सरकारले आफूलाई व्यवस्थित बसोबास जिल्ला समिति चितवनका अध्यक्ष बनाएको भन्दै विगतमा जस्तै इमान्दरितापूर्वक काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले समितिले पूर्णता पाउने बित्तिकै सबै काम अघि बढाउने जानकारी दिनुभयो ।

कार्यक्रममा खैरहनी नगरपालिका वडा नं.७ का वडा अध्यक्ष मेनेजर चौधरी, थाकसकी पूर्व केन्द्रीय सदस्य चन्द्रकुमारी महतो, थारु अगुवा कृष्णलाल चौधरी, राजेन्द्र चौधरी, थारु पत्रकार संघ चितवनका अध्यक्ष कारी महतोलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । थाकसका क्षेत्रीय सचिव दिलिप महतोले संचालन गरेको कार्यक्रम नारायणप्रसाद महतोको सभापतित्वमा सम्पन्न भएको थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu