हमार सनेश सहकर्मी,,
राम अवतार चाैधरी,,
कपिलवस्तु:=अाधारभूत पत्रकारिता उद्घाेषण तथा अात्माविश्वास विकास तालिम सुरू भएकाे छ । कपिलवस्तुको बाणगंगा न.पा.१, जितपुरमा तालिमकाे सुरुवात हिजो मंगलबारबाट गरिएकाे हाे ।
युवाहरूको अात्माविश्वासमा विकास गर्ने उद्देश्यले हर्ट विट एफएमकाे अायाेजनामा फागुन १ गते देखि सुरु भएकाे साे तालिम फागुन ७ गते सम्म सञ्चालन हुने छ । तालिमको उद्धघाटन शत्र हर्ट विट एफएमका अध्यक्ष कृष्ण प्रसाद भट्टराईकाे अध्यक्ष्ातामा सुरुवात भएकाे हाे । तालिमको पहिलाे दिन सञ्चार भनेकाे के हाे ? त्यसका प्रकारकाबारे र सञ्चारकाे इतिहासबारे लगायत युवाहरूको अात्माविश्वासमा विकास कसरी गराउन सकिन्छ ? जस्ता बिषयकाबारेमा पत्रकार तथा हर्ट विट एफएमकाे व्यवस्थापक अाेम प्रकाश पाैडेलले प्रशिक्षार्थीहरूलाई जानकारी गराउनु भएकाे थियाे । तालिममा जिल्लाका लगायत स्थानीय गरि १५ जनाकाे सहभागीता रहेकाे छ।
तालिममा सिकेका कुराहरूलाई व्यबहारमा उतार्नु पर्ने उक्त कार्यक्रमका वक्ताले जाेड दिनु भएकाे थियाे । साे अात्माविश्वास विकास तालिम फागुन ७ गते समापन हुनेछ ।